महामारीमा उपत्यकाका चार प्रहरी क’माण्डर : का’लोबजारी रोक्नेदेखि अक्सिजन सिलिण्डर खोज्दै

महानगरीय अ’पराध महाशाखाले २८ वैशाखमा न्यून गुणस्तरको अक्सिमिटर महँगो मूल्यमा बेच्न खोज्ने ७ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गर्यो । उनीहरुको साथबाट ७६५ थान अक्सिमिटर ब’रामद पनि गरिएको थियो ।

को’रोना महामारीका कारण अहिले व्यक्तिको शरीरको पल्स र अक्सिजनको मात्रा नाप्नको लागि प्रयोग हुने अ’क्सिमिटरको माग अत्यधिक छ । विभिन्न औ’षधिजन्य पसल एवं फ’र्माहरुले आम सर्वसाधारणलाई बजार मूल्यभन्दा अधिक मूल्य लिई नक्कली अक्सिमिटर खरिदविक्री गरिरहेको पाइएको हो ।

ब’रामद गरिएका अक्सिमिटरमा उत्पादन मिति, म्याद समाप्त मिति, खरिद विक्री मूल्य, उत्पादक कम्पनीको नाम लगायत केही पनि उल्लेख नभएको कमसल, गुणस्तरहीन भेटिएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बजार मूल्य ६÷७ सय पर्ने अक्सिमिटरहरु २ हजार २२० रुपैयाँसम्म अधिक मूल्यमा बिक्री गरेको पाइएको छ ।

गत ७ वैशाखमा नक्कली पी’सीआर रिपोर्ट बनाउने सुरिया हेल्थकेयर प्रालिमा महाशाखाले छा’पा मा’र्यो । काठमाडौंको सिनामंगलमा रहेको उक्त हे’ल्थकेयरका सञ्चालक डा. सीपी श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका सञ्चालक प्रकाश रायमाझी भन्ने चित्र बहादुर रायमाझीसहित ८ जना पक्राउ परे ।

उनीहरुले विदेशमा काम गर्न जानेलाई नक्कली रिपोर्ट दिने गरेका थिए । उनीहरुले सरकारले तोकेभन्दा अत्यधिक रकम लिई स्वाबको नमूना समेत नलिई एक÷दुई घण्टाभित्र नै नक्कली पी’सीआर रिपोर्ट बनाउँदै आएका थिए । यस्तै, महाशाखाको टोलीले २३ वैशाखमा काठमाडौंको वसुन्धराबाट गोरखास्थित आरुघा’टका २५ वर्षीय रफिक मियाँलाई पक्राउ गर्यो ।

को’रोना संक्रमितको औ’षधि रि’मडेसिभिर वास्तविक मूल्यभन्दा बढी लिएर बे’चबि’खन गरेको पाइएपछि उनलाई पक्राउ गरिएको हो । उनले करिब ३० हजार रुपैयाँ पर्ने एक सेट रि’मडे’सिभिरलाई १ लाख २० हजार रुपैयाँ विक्री गर्न लागेका थिए । २४ वैशाखमा महानगरीय प्रहरी परिसर काठमाडौंले अ’क्सिमिटर तथा से’निटाइजर कालोबजारी गर्ने एकजनालाई पक्राउ गर्यो ।

सिराहा लाहान घर भई हाल क्षेत्रपाटीमा बीबीआर ई’न्टरप्राईजेज संचालन गर्दै आएका भगवान वावु राय राजपुतलाईं का’लोवजारीको आरोपमा नियन्त्रणमा लिइएको हो । उनको साथबाट ८ थान अ’क्सिमिटर र १२४ ग्यालिन से’निटाइजर समेत बरामद गरिएको छ ।

अक्सिमिटर तथा से’निटाइजर का’लोबजारी भइरहेको गुनासो आएपछि परिसरवाट विशेष टोली परिचालन गरी अनुगमन गर्दा ती व्यक्ति पक्राउ परेका थिए । यी त केही प्रतिनिधि उदाहरण हुन् । पछिल्लो समय को’रोना महामारी बढेसँगै स्वास्थ्य सम्बन्धी ’अपराध पनि वृद्धि भएको प्रहरीको पछिल्लो कारबाहीको तथ्यांकले देखाउँछ ।

विशेषगरी रि’मडेसि’भिर, अक्सिमिटर, सेनिटाइजर, अक्सिजन सिलिन्डर विक्री, पीसीआर परीक्षण सम्बन्धी आ’पराधिक घटना बढेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले काठमाडौंको सु’रक्षा अवस्था ठीक रहेको र निषेधाज्ञाको क’डाइका साथ पालना गराउन प्रहरी ख’टिरहेको बताए ।

साथै, अस्पतालमा पनि प्रेसर बढेकाले त्यता पनि सरसहयोग गर्दै आएको उनको भनाइ छ । ‘साँझ बिहान मान्छेहरु बाहिर निस्कन खोज्छन्, प्रहरीले माइकिङ गरेर स’चेतना जगाउने काम गरिरहेको छ । त्यसरी पनि नमान्नेहरुलाई ज’रिवाना पनि गरेका छौं,’ सिंहले भने ।

उनका अनुसार नि’षेधाज्ञा उ’ल्लंघन गर्नेहरुबाट करिब ५ लाख रुपैयाँ ज’रिवाना संकलन भएको छ । ‘निषेधाज्ञा सुरु भएयता करिब २० हजार जनालाई नियन्त्रणमा लिएर स’म्झाइबुझाइ गरेका छौं भने १७÷१८ वटा सवारीसाधनलाई होल्डमा लिएका छौं,’ उनले भने ।

यस्तै, कालो’बजारी नियन्त्रणका लागि पनि सादा पोसाकमा टोली ख’टाएको र निगरानी गरिरहेको सिंहले बताए । विशेषगरी स्वास्थ्य सामग्रीमा का’लोबजारी बढेको गुनासो आएकाले मास्क, से’निटाइजर, अ’क्सिमिटर, रे’मडिसिभिर लगायतमा का’लोबजारी गर्नेहरुलाई पक्राउ गरी का’रबाही प्रक्रिया अघि बढाएको उनले जानकारी दिए ।

महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख एसएसपी किरण बज्राचार्यले नि’षेधाज्ञा उ’ल्लंघन गर्नेलाई हो’ल्ड गरेर नि’रुत्साहित गरिरहेको जानकारी दिइन् । ‘पछिल्लो समय संक्रमण ती’व्र बनेपछि सर्वसाधारण आफै स’चेत हुनुपर्छ भन्ने भावना बढिरहेको छ,’ उनले भनिन्, ‘हामीले पनि १८ ठाउँमा चे’कपोस्ट राखेर नि’षेधाज्ञा पालनामा जोड दिएका छौं ।

उ’ल्लंघन गर्नेलाई कारबाही गरिरहेका छौं, पैदल गस्ती बढाएका छौं, सादा पोसाकमा प्रहरी ख’टाएका छौं ।’सुरुका दिनहरुमा ज’रिवानाको रकम बढी भए पनि अहिले घ’टेको उनले बताइन् । नि’षेधाज्ञा उ’ल्लंघन गर्ने दैनिक करिब ५०० जति सवारीसाधन, डेढ सय जना व्यक्तिलाई हो’ल्ड राखिएको बज्राचार्यले जानकारी दिइन् ।

उनका अनुसार बजारमा का’लोबजारी नहोस् सादा पोसाकमा प्रहरी खटाएर सूचना संकलन र अनुगमन भइरहेको छ । ‘जिल्ला प्रशासन कार्यालयसँग मिलेर १० वटा र प्रहरीले एकल रुपमा पनि दैनिक ३÷४ वटा अनुगमन भएको छ, हालसम्म का’लोबजारी गरेको आरोप पक्राउ र का’रबाही भने भएको छैन,’ उनले भनिन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख एसपी तारादेवी थापाले अनुगमन र नि’षेधाज्ञा पालनामा जोड दिएको बताइन् । उनले दैनिक २ सय जति सवारीसाधन नि’षेधाज्ञा उल्लंघन आरोपमा होल्ड गरिरहेको जानकारी दिइन् । ‘अनावश्यक रुपमा हिँडडुल गर्ने, मास्क नलगाउने, नि’षेधाज्ञा पालना नगर्ने व्यक्तिलाई होल्ड र ज’रिवाना गर्दै आएका छौं ।

 

प्रतिक्रिया दिनुहोस