साबधान ! को-रोना संक्रमण भएका मानिसले यी खानेकुराहरु भुलेर पनि नखानुहाेस् ! २ मिनेट समय दिएर अवस्य पढ्नुहोस

एजेन्सी-साबधान ! को-रोना संक्रमण भएका मानिसले यी खानेकुराहरु भुलेर पनि नखानुहाेस् ! को- रोना संक्रमण भएपछि खानेकुराहरुमा विशेष ध्यान दिन जरुरी छ । जुन खानेकुराले हाम्रो शरीरलाई बलियो बनाउन मद्धत गर्दछ भने रोग प्रतिरोधात्मक क्षमतालाई पनि कमजोर हुनबाट बचाउँछ त्यस्ता खानेकुराहरु मात्र खाने गर्नुपर्छ । को- रोना संक्रमित भएका व्यक्तिले निम्न खानेकुराहरुबाट टाढै बस्नु होला ।

१) मसालेदार खाना:- को- रोना लागेको व्यक्तिले धेरै मसालेदार खानाको सेवन गर्नु हुँदैन । थारै मसाला ठिक हुन्छ तर धेरै सेवन गर्नाले यसले नकरात्मकम रुप लिन सक्छ । को- रोना लागेको व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमतमको कमी भएको हुन्छ । त्यसैले मसालेदार खानाको सट्टा सादा र पोषिलो खानामा ध्यान दिन आवश्यक छ । खानामा खिचडीको प्रयोग पनि राम्रो मानिदै आएको छ । खानामा खिचडीको प्रयोग गर्दा खाना छिट्टै पच्छ र स्वास्थ्यका लागि पनि राम्रो हुन्छ ।

२) तारेको खानेकुराहरु:- बनाउन सजिलो भएता पनि तारेको खानाले हाम्रो शरीरललाई भने फाइदा गर्दैन । तारेको खानामा अस्वस्थ बोसोको मात्रा बढी रहेको हुन्छ जसले गर्दा पच्न गाह्रो हुन्छ । तारेको तथा फ्राई गरिएको खानेकुराले शरीरको तौल बढ्ने गर्दा यसले अन्य रोगहरु पनि निम्त्याउने गर्छ ।

३) प्याक गरिएको खाना:- को- रोना संक्रमित भएका व्यक्तिले प्याक गरिएको खानाबाट टाढै बस्न आवश्यक हुन्छ । यो खानेकुरा बासी हुने भएकाले यस किसिमका खानेकुरामा शरीरलाई चाहिने पोषक तत्वकोे कमी हुन्छ । प्याक गरिको खानाभन्दा बढी फाइदा ताजा पकाइएका खानेकुरामा ताजा आफूलाई मन पर्ने किसिमले पकाएर खाने बानी बसालौ । यदि आफन्तलाई को- रोना संक्रमण भई आईसोलेसनमा बसेको छ भने पनि ताजा र पोषिलो खानेकुराहरु खान दियौँ ।

४) चिसो पेय पदार्थ:- को-रोना संक्रमित व्यक्तिले चिसो पेय पदार्थ तथा सोडा भएको पेय पदार्थको सेवन गर्नु राम्रो हुँदैन । को- रोना संक्रमित व्यक्तिले भने तातो पानी, बेसार पानी, काँढा, कागती पानी जस्ता पदार्थको सेवन गर्नु नै राम्रो हुन्छ । कागती पानीले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्धत गर्दछ । दूध बेसार पाि राम्रो मानिदै आएको छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।

यो पनि पढ्नुस: अक्सिजनको स्तर बढाउन र फोक्सोलाई स्वास्थ्य राख्न खानुहोस यी खानेकुरा

शरीर स्वस्थ रहन फोक्सोले राम्रोसँग कार्य गर्न आवश्यक छ। फोक्सोले फिल्टर गरेपछि मात्र अक्सिजन शरीरको प्रत्येक भागमा पुग्छ। यस्तो अवस्थामा फोक्सोको विशेष ख्याल राख्नु धेरै महत्त्वपूर्ण छ। यदि फोक्सोले राम्ररी काम कार्य गरेन भने दम, ब्रोन्काइटिस, निमोनिया, क्षयरोग, क्यान्सर जस्ता घातक रोगहरूको सामना गर्नुपर्ने हुन सक्छ।

अर्कोतर्फ, कोरोनाभाइरस महामारीबाट बच्नको लागि फोक्सोलाई स्वस्थ राख्न स्वास्थ्य विशेषज्ञहरूले सल्लाह दिन्छन्। किनभने, कोरोनाभाइरस सिधै फोक्सोमा प्रहार गर्दछ, फलस्वरूप अक्सिजनको स्तर कम हुन्छ र सास फेर्न गाह्रो हुन्छ।

कोरोनाभाइरसको दोस्रो लहर चलेपछि अधिकांश बिरामीहरुलाई सास फेर्न गाह्रो भइरहेको छ। शरीरमा अक्सिजनको स्तर द्रूूत रूपमा कम भइरहेको छ। संक्रमण भएको केहि दिनमै अक्सिजनको स्तर ८० भन्दा कम भएको उदाहरणहरु सार्वजिक भइरहेको छ। यस्तो अवस्थामा अक्सिजन तुरून्त आवश्यक हुन्छ। यदि यस अवधिमा समयमै अक्सिजन उपलब्ध भएन भने अवस्था गम्भीर हुनसक्छ। यस्तो अवस्थामा पहिले देखिनै फोक्सोको ख्याल गर्नु महत्त्वपूर्ण हुन्छ ।

बेसार – बेसारमा एन्टी–अक्सिडेण्ट र एन्टी–इन्फ्लेमेटरी गुणहरू हुन्छ जसले सबै प्रकारका संक्रमणहरूबाट बचाउँछ । दैनिक सुत्नु अघि दुधमा बेसार मिलाएर पिउँदा निकै लाभदायक हुन्छ। यसैगरी, बेसार, गुर्जो, दालचिनी, ल्वाङ, अदुवा र तुलसीको पात मिलाएर काडापानी बनाउन सकिन्छ। यसले फोक्सोलाई स्वस्थ राख्नुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि मजबूत गर्दछ।

मह – आयुर्वेदमा महको थुप्रै वर्णन गरिएको पाइन्छ। यसमा एन्टि–ब्याक्टेरियल गुणहरू हुन्छन, जसले शरीरबाट विषाक्त तत्वहरु निकाल्न मद्दत गर्दछ र फोक्सोलाई पनि स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्दछ। महलाई बिहान मनतातो पानीमा कागतीको रस मिलाई पिउन सकिन्छ। यस बाहेक, महलाई काडा पानीमा पनि मिलाउन सकिन्छ।

तुलसी – तुलसी पातमा अधिक मात्रामा पोटासियम, आइरन, क्लोरोफिल मैग्नीशियम, क्यारोटीन र भिटामिन सी पाइन्छ। जसले फोक्सोलाई स्वस्थ राख्न मद्दत गर्दछ। दैनिकरुपमा ४ देखि ५ वटा तुलसीको पात चपाउँदा निकै प्रभावकारी हुन्छ। यस बाहेक, तुलसी र गुर्जोको काडा पानी पनि बनाउन सकिन्छ।

नेभारा – नेभारामा धेरै चमत्कारिक तत्वहरू पाइन्छन्। यसमा भिटामिन ए, भिटामिन–सी, भिटामिन–के, पोटासियम, म्याग्नेशियम, कपर र आइरन जस्ता आवश्यक पोषक तत्वहरू पाइन्छन्। यसको सेवन गर्दा फोक्सो बलियो हुनुको साथै मुटुको स्वस्थलाई पनि राम्रो गर्छ।

लसुन – लसुनमा एन्टिबायोटिक, एन्टिफङ्गल, एन्टिवाइरल गुणहरूको साथसाथ क्याल्सियम, फास्फोरस, आइरन, भिटामिन जस्ता गुणकारी तत्वहरूले समृद्ध हुन्छ। जसले फोक्सोलाई बलियो राख्न मद्दत गर्दछ। प्रत्येक बिहान खाली पेटमा २ देखि ३ वटा पोटी खाएमा ग्यास्ट्रिकलाई पनि ठिक गर्दछ। यदि लसुन त्यतिकै खाँदा पिरो हुन्छ भने यसलाई राति पानिमा भिजाएर र बिहान सेवन गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस