खुसिको खबर रुपन्देहीको सैनामैनाकी ३ वर्षिया बालिका प्राप्तिले घरबाटै को’रो’ना’ला’ई प’रा’जित गरेकी छन् !

रुपन्देहीको सैनामैनाकी ३ वर्षिया बालिकाले कोरोनालाई प’रा’जित गरेकी छन् । ३ वर्षिया (२वर्ष १० महिना) की प्राप्ति बानियाले छोटो समयमा नै कोरोनालाई पराजित गरी कोरेनामुक्त भएकी हुन् । परिक्षण पछि संक्रमण देखिएको १० दिनमा पुनः परीक्षण गर्दा उनलाई नेगटिभ देखिएको छ ।

सो क्षेत्रका व्यवसायी बुवा रितु बानियालाई कोरोना देखिएको केही दिनमा उनको स्वाब परीक्षण गरिएको थियो। सैनामैना–३ हाट बजार घर भएका बानियामा १३ दिन अगाडि कोरोना देखिएको थियो । उनले भने ‘ लक्षण देखिएको एक हफ्तामा मैले बुटवल गई पिसिआर परीक्षण गराउँदा पोजेटिभ देखियो । मलाई पोजेटिभ देखिएपछि घरमै आइसोलेशन बसे । २–३ दिनपछि श्रीमती र नानूमा पनि लक्षण देखियो ।’

उनीहरुको भने सैनामैना नगरपालिकाले सञ्चालन गरेको निःशुल्क कोरोना परीक्षण कार्यक्रम अन्तर्गत परीक्षण गरिएको उनले जनाए । त्यहाँ उनीहरु दुबैलाई कोरोना पोजेटिभ देखिएपछि आमा ध्रुब कार्की बानिया र छोरी प्राप्ति कार्की घरमै आइसोलेशनमा बसेका थिए । परिवारनै आइसोलेशनमा रहँदा डाक्टरको सल्लाह अनुसार प्राप्तिलाई

प्यारा’सि’टामोल,भिटा’मिन सि र डी खुवाउनुका साथै निरन्तर तातोपानी र पोषणयुक्त खाना खुवाएको उनका बुवा रितु बानियाले जनाए ।मंगलबार पुनः परीक्षण गराउँदा प्राप्ती र उनकी आमा दुबैमा कोरोना नेगटिभ देखिएसँगै उनीहरु कोरोनामुक्त भएका छन् । उनका बुवाको भने तीन दिन अघि गरिएको परीक्षणमा नेगटिभ नतीजा आएको थियो । globalaawaj

प्रतिक्रिया दिनुहोस