यार्सागुम्बाले फोक्सोको पनि सुरक्षा गर्ने, विश्वबजारमा माग बढ्यो

काठमाडौं, ६ जेठ । यार्सागुम्बा शक्तिर्वद्धक औषधीको रुपमा प्रयोग हुन्छ । औषधीजन्य च्याऊ प्रजातिको यार्सागुम्बाले मस्तिष्क, फोक्सोको सुरक्षा गर्नुका साथै क्यान्सरविरुद्ध पनि प्रभावकारी हुनेगरेको वैज्ञानिकहरुले पत्ता लगाइसकेका छन् ।

भाइरसविरुद्ध पनि यार्सागुम्बा प्रतिरोधात्मक रहन्छ । त्यसैले यसको विश्व बजारमा माग बढिरहेको छ । प्रतिकेजी लाखौं मूल्य पर्ने यार्सागुम्बाको उत्पादन प्रयोगशालामा गर्ने प्रयास विश्वभर भइरहेका छन् ।

औषधीका लागि प्रयोग हुने यार्सागुम्बा चीन, जापान, इटाली र थाइल्यान्डमा अत्याधिक प्रयोग हुन्छ । भारतमा पनि यसको प्रयोगशालामा उत्पादन हुनथालेको छ । गुजरातमा कार्यरत एकजना वैज्ञानिकले यो प्रकारको च्याऊ उत्पादन गरेका हुन् । उनले ३५ वटा जारमा प्रयोगशालामा ९० दिन लगाएर ३५० ग्राम कोर्डिसेप्स मिलिटरिसको उत्पादन गरेका हुन् । सी मिलिटरिस वैज्ञानिक नाम दिइएको यार्सागुम्बालाई हिमालको सुन पनि भनिन्छ ।

के के मा लाभदायक
यार्सागुम्बा भाइरस, मधुमेह, क्यान्सर, ट्युमर, एचआइभी प्रतिरोधात्मक मात्र छैन विभिन्न रोग प्रतिरोधात्मक रहेको खुलेको छ ।

मस्तिष्क, फोक्सोको सुरक्षामा उपयोगी हुने तथ्य पत्ता लागेको छ ।

ब्रोनकाइटिस, किड्नीको समस्या, माइरल हेपाटाइटिसको उपचारमा पनि यसको प्रयोग हुन्छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि र उमेर बढेपछि हुनसक्ने समस्यालाई रोक्न पनि उपयोगी हुन्छ ।

यसले शरीरमा शक्ति बढाउन मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस