रत यतिबेला कोरोना महामारीको चपेटामा छ । दिनौं लाखौं कोरोना संक्रमित थपिएका छन् भने हजारौंले ज्यान गुमाइरहेका छन् । ती माथि प्राकृतिक विपत परेर सयौंले ज्यान गुमाए भने लाखौं घरबार बिहिन भएका छन् ।
त्यही भारतमा फेरि नयाँ समस्या थपिएको छ । भारतको बिभिन्न स्थानहरुमा कोरोना जितेकाहरुमा ब्ल्याक फङ्गस अर्थात मोतिबिन्दुको समस्या देखिएको छ । जस्का कारण भारतको राजस्थान सरकारले ‘ब्ल्याक फङ्गस’ महामारीको घोषणा गरेको छ ।
विशेषज्ञले कोरोना भाइरसको निको भएका मधुमेहका बिरामीमा यस्तो खालको समस्या धेरै देखिन थालेको बताएका छन् । यो समस्याले बिरामीको आँखाको ज्योती नै गुम्ने गरेको पाइएको छ ।
राजस्थानको चिकित्सा स्वास्थ्य विभागले यो रोगको प्रकोप बढ्दै गएकाले महामारी नै घोषणा गरेको जनाएको छ । विभागले आँखामा समस्या देखिने बिरामीको सङ्ख्या बढ्दै गएको बताएको छ । राजस्थानका झण्डै एक सय बिरामी आँखा बिगार्ने ब्ल्याक फङ्गस रोगबाट पीडित भएका खबरमा उल्लेख गरिएको छ ।