फोटो ए’डिट गरिएको होइन, बालिका सडकमा भा’सिएकी पनि होइनन्, के हो वास्तविकता ?

काठमाडौं। इन्टरनेटको संसारमा हनौठा चीजहरु भाइरल हुन समय लाग्दैन । यस्तै एक तस्वीर अहिले भाइरल भइरहेको छ । यो फोटो झ’ट्ट हेर्दा बालिकाको आ’धा शरीर कं’क्रिटको सडकमा भा’सिएको जस्तो लाग्छ ।

तर, यसको वास्तविकता अर्कै छ । यो फोटो अमेरिकाकी एक महिलाले सामाजिक संजालमा पोस्ट गरेकी हुन् ।भाइरल भइरहेको यो फोटो देखेर सामाजिक संजालमा प्रयोगकर्ताहरु निकै अ’ल्मलिइरहेका छन् र नयाँ नयाँ तर्क दिएर यो कसरी भयो भन्ने बताइरहेका छन् ।

यो फोटोमा भएकी बालिका फोटो सामाजिक संजालमा पोस्ट गर्ने महिलाकी छोरी हुन् । यो फोटो यही मे महिनाको सुरुवातमा सामाजिक संजाल रे’डिटमा पोस्ट गरिएको थियो । फोटोमा गु’लाबी कपडा लगाएकी एक बालिका फोनमा केही गरिरहेकी देखिन्छिन् ।बालिकाको आधा शरीर कं’क्रिटको सडकमा भा’सिएको देखिन्छ ।

महिलाले यो फोटो सामाजिक संजालमा पोस्ट गर्दै प्रयोगकर्तालाई उनकी छोरीको शरीरको आधा भाग कहाँ छ भनेर सो’धेकी छिन् । प्रयोगकर्ताहरुले पनि यो फोटो दृ’ष्टि भ्र’म हो वा यो फोटो खिच्न कुनै अनौठो प्रविधि अ’पनाइयो भन्ने जान्न उ’त्सुकता देखाइरहेका छन् ।

द सनका अनुसार यो फोटोमा मानिसहरुले ठूलो संख्यामा क’मेन्ट गरिरहेका छन् । खासमा यो फोटोमा भएकी बालिका सडकमा उ’भिएकी छिन् र एउटा पर्खालमा आ’ड लगाइरहेकी छिन् । उनले एउटा हातको कु’हिनोले पर्खालमा टेकेकी छिन् । उनको शरीरको तल्लो भाग पर्खालले छे’किएको छ त्यसैले देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस