संविधानमाथि मध्यरातमा डकैती भयो, सामुहिक बलात्कार भयोः विपक्षी नेता

मन्त्रीपरिषद्को सिफारीसमा राष्ट्रपतिले मध्यरातमा संसद भंग गरिदिए पछि विपक्षी दलहरु आक्रोसित बनेका छन् ।विपक्षी दल माओवादी केन्द्रका नेता वर्षमान पुनले मध्यरातमा डकैती गरियो, ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे भनी टिप्प्णी गरेका छन् ।

काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधानको राष्ट्रपति र प्रधानमन्त्रीबाट सामुहिक बलात्कार भएको टिप्पणी गरेका छन् । उनले महामारीका बेला मध्यावधिको रंगीन सपना महंगो पर्ने बताएका छन् ।

ट्वीटरमा शर्माले लेखेका छन्, अहंकारको वृक्षमा विनाशको फल लाग्छ,सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो ।बुझि राख्नु रास्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजि, महाब्याधिका बेला मध्यावधिको रंगीन सपना महंगो पर्नेछ । संविधानको सामुहिक बलात्कारको दुश्परिणाम महंगो पर्नेछ ।

प्रतिक्रिया दिनुहोस