सरकारले थाल्यो निर्वाचन तयारी, प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल

काठमाडौं– सरकारले प्रतिनिधि सभा विघटन भएसँगै घोषणा भएको निर्वाचनको तयारी सुरु गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार नै निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्नुभएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार प्रधानमन्त्रीले निर्वाचनको मितिबारे औपचारिक जानकारी आयोगलाई गराउनुभएको छ । प्रधानमन्त्रीले महामारीको कारण चुनाव रोकिन नहुने र चुनावको कारण महामारी फैलनु नहुने बताउनुभयो ।

थपलिया अनुसार प्रधानमन्त्रीले निर्वाचन आयोगलाई तयारी सुरु गरिहाल्न आग्रह गर्दै आवश्यक प्रबन्ध सरकारले गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले महामारीमा बीचमा पनि केही देशहरुमा चुनाव भएको स्मरण गर्दै ती देशहरुले कसरी निर्वाचन गराए त्यसको अध्ययन गर्न भन्नुभएको छ ।

आयोगका तर्फबाट प्रमुख आयुक्त थपलियाले समय प्रयाप्त रहेकाले आफूहरु निर्धारित समयमा नै निर्वाचन गराउन सफल हुने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस