यस्ता लक्षण देखिए हुनसक्छ काे-राेना भाइरसको संकेत, सामान्य नठान्नुहोस् !

यस्ता लक्षण देखिए हुनसक्छ काे-राेना भाइरसको संकेत, सामान्य नठान्नुहोस् ! को- रोना भाइरसको दोस्रो लहरका बीच मास्क, सामाजिक दुरी र स्वच्छतालाई कायम राख्न निकै अत्यावश्यक भएको छ । हुन त को- रोना वा सामान्य रुपमा लाग्ने खोकीलाई चिन्न मुश्किल छ तर यदि तपाईं केही विशेष कुरामा ध्यान दिनुहुन्छ भने को- भिड–१९ को संक्रमणपश्चात् लाग्ने खोकी वा अन्य लक्षणको पहिचान गर्न सक्नुहुन्छ ।

रुघा–खोकी वा को- भिड–१९ दुबै हाम्रो अपर रेस्पिरेटरी ट्र्याक्टलाई प्रभावित गर्ने भाइरसको सम्पर्कमा आएपछि हुन्छ । भाइरसको स–साना छिटा खोक्दा, हाच्छिउँ गर्दा वा बोल्दा एक व्यक्तिबाट अर्को व्यक्तिलाई संक्रमित गर्दछ । यद्यपि, ध्यानमा राख्नुपर्ने कुरा के हो भने यी दुबै भाइरस भिन्न हुन्छन् र यसका लक्षण पनि अलग छन् । साधारण रुघा–खोकीको तुलनामा को- भिड–१९ को लक्षण धेरै गम्भीर छ र घातक छ । यो रुघा–खोकीको तुलनामा बढी दिनसम्म रहन्छ । यस्ता छन् लक्षणहरु:-

१) सुँघ्ने क्षमता गुम्नु :- चिसो र रुघा–खोकी लाग्दा मानिसको नाक बन्द हुनु स्वभाविक हो । तर यदि सुख्खा खोकी र ज्वरोका साथै तपाईंको सुँघ्ने क्षमतामाथि पनि प्रभावित भइरहेको छ भने यो को- रोना भाइरसको लक्षण हो । एक रिपोर्टका अनुसार को- रोना भाइरस संक्रमित करिब ४१ प्रतिशत रोगीमा यो लक्षण देखिएको छ । को- रोना भाइरसको स–साना लक्षण पनि बुझ्न जरुरी छ । को- रोना लक्षणको सुरुवातमा पहिचान गरेर तपाईं गम्भीर रुपमा बिरामी हुनबाट आफूलाई जोगाउन त सक्नुहुन्छ, यसो गरेर तपाईंले अरुको पनि ज्या- न जोगाउन सक्नुहुन्छ ।

२) सुख्खा खोकी :- सुख्खा खोकी को- रोना भाइरसको एउटा साधारण लक्षण हो । एक रिपोर्टमा दाबी गरिए अनुसार ५९ देखि ८२ प्रतिशत को- रोना बिरामीलाई सुरुमा सुख्खा खोकी लाग्छ । डब्ल्यूएचओ र चीनको फेब्रुअरी २०२० को एक साझा शोधका अनुसार ६८ प्रतिशत मानिसहरुमा सुख्खा खोकीको लक्षण भेटियो जुन दोस्रो सबैभन्दा साधारण लक्षण हो ।

३) घाँटी दुख्नु :- ​घाटी कुनै नन सिरियस डिजिज वा कोरो- ना भाइरसका कारण दुख्नसक्छ । यो एक निकै असामान्य लक्षण हो जुन बिरामीमा भिन्न तरिकाले देखिने गर्छ । को- रोना भाइरस नाक र घाँटीको झि-ल्लीमा प्रवेश गरेर घाँटी सुन्निने र घाउ हुने गर्छ । यदि तपाईंलाई सुख्खा खोकी, ज्वरो, थकानका साथै घाँटी दुख्छ भने यो कोल्ड वा फ्लू नभई कोरोनाभाइरस हुनसक्छ ।

४) कस्तो हुन्छ सुख्खा खोकी :- सुख्खा खोकीको अर्थ हो – खोकी लाग्दा ख-कार नआउनु । साधारणतया यस्तो खोकी चिसो लाग्दा वा फ्लूमा मात्रै देखिन्छ । यद्यपि, सुख्खा खोकी कुनै ए-लर्जीको पनि संकेत हो । त्यसैले को-भिड–१९ को परीक्षण पछि मात्रै यो विषयमा स्पष्ट हुन सकिन्छ ।

५) सास फेर्न समस्या :- खोकी र ज्वरोसँगै सास फेर्न समस्या भएको छ भने यो को-रोना भाइरस भएको एउटा बलियो संकेत हो । वास्तवमा लगातार खोकी लाग्दा हाम्रो सास नलीमा असाध्यै धेरै द-बाब पर्छ । यस्तो स्थितिमा मानिसहरुको सास फु-ल्ने गर्छ । यदि यस्तो हो भने यो मौसमी फ्लू नभइ को-रोना भाइरस हो । एक शोधमा करिब ४० प्रतिशत को-रोना संक्रमित बिरामीले सास फेर्न समस्या भएको स्वीकार गरेका छन् ।

६) लगातार खोकी लाग्नु :- यदि तपाईंलाई लगातार खोकी लागिरहेको छ भने यो को- रोना भाइरस लागेको संकेत हुनसक्छ । को- भिड–१९ मा बिरामीको गलाबाट खोकी लाग्दा लगातार एक प्रकारको आवाज निस्कन्छ । यसले मानिसहरुको आवाजमा पनि थोरै प्रभाव पार्छ । लगातार लाग्ने खोकीले घाँटीको एयरवेजलाई प्रभाव पार्ने भएकोले यस्तो हुन्छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस