गर्मी मौसममा चुकन्दर खानुका चमत्कारी फाइदाहरु, जान्नुहोस

गर्मी मौसममा चुकन्दर खाँनु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसले बिग्रिएको छालालाई सफा बनाउने, रगतमा हेमोग्लोबिनको मात्रा बढाउने आदि काम गर्छ । यसका अन्य फाइदाहरुः:पोषक तत्व Lचुकन्दरमा लगभग सबै प्रकारका भिटामिन र मिनरल पाइन्छन् ।

शरीरका लागि आवश्यक पर्ने सबै प्रकारका भिटामिन पाइने भएकाले यसको सेवन स्वास्थ्यका लागि फाइदाजनक छ । चुकन्दरमा पोटाशियम, फोलेट जस्ता पदार्थहरु पनि पाइन्छ । यसका साथै, यसमा हुने नाइ ट्रेट हाम्रो शरीरका लागि अत्यावश्यक तत्व हो ।

मुटु रोगीका लागि : चुकन्दरको जुस हरेक दिन पिउँदा कार्डियोभास्क्युलरसम्बन्धी रोगहरुको खतराबाट बच्न सकिन्छ । यसमा हुने नाइट्रेट, नाइट्रेट अक्साइडमा परिवर्तन भएर र रक्तनलीहरुलाई सफा गर्ने गर्छ । जसले रक्तचापलाई नियन्त्रण गर्छ । साथै, हृदयघात हुने र जस्ता खतरा स्ट्रोक कम गर्छ ।

मस्तिष्कको काम: चुकन्दरमा हुनेले पदार्थले रगत प्रवाहमा सन्तुलन ल्याउने कारण मस्तिष्कको काम पनि तन्तुरुस्त बनाउँछ । क्यान्सर:चुकन्दरमा हुने बिटालेन्स नामक पदार्थले शरीरमा अस्थिर सेलहरुलाई मार्ने काम गर्छ । चुकन्दरमा हुने एन्टिअक्सिडेन्ट, एन्टिइनफ्लामेन्टरी र पोषक तत्वहरुले क्यान्सरको उपचारमा समेत सहयोग पुर्याउँछ ।

कलेजो र पेटको सफाइ: चुकन्दरले पेट र कलेजोको सफाइ गर्छ । उर्जावान:चुकन्दरले शरीरमा रगतको प्रवाह र अक्सिजनको प्रवाह सन्तुलन गर्ने भएकाले यसको जुस सेवन गर्नाले दिनभर ताजा र उर्जावान महसुस गराउँछ ।

तौल: यसमा कुनै पनि प्रकारको क्यालोरी नहुने भएकाले यसले तौललाई नियन्त्रण गर्न पनि मद्दत गर्छ । सुन्दर छाला:चुकन्दरमा भिटामिन सी, भिटामिन बी जस्ता तत्व पाइने भएकाले यसले उमेरसँगै देखिने छालाका विभिन्न समस्याहरुबाट बचाउँछ । र छालामा आउने विभिन्न प्रकारका समस्याहरुबाट पनि बचाउँछ

प्रतिक्रिया दिनुहोस