एमालेबाट निष्कासित भएपछि झलनाथ खनालले भने- ‘ओली गद्धार हुन्, नयाँ पार्टी खोल्छौँ’

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टीबाट निष्कासित गरेपछि नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट आन्दोलनको ‘गद्धार’ रहेको बताएका छन् । सोमबार बसेको कमिटीको बैठकले खनाल र नेपालसहित ११ जनालाई निष्कासित गर्नुको कुनै पनि अर्थ नहरेको बताउँदै अध्यक्ष ओली गद्धार भएको उनले बताए ।

उनले भने, ‘ओली कम्युनिष्ट आन्दोलनका गद्धार हुन् । हामीलाई गरिएको कारवाहीको कुनै अर्थ छैन । नयाँ पार्टी खोल्छौँ ’

पार्टीको हितविपरीत कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको अभियोगमा नेपाल समूहका ११ जना विघटित प्रतिनिधिसभाका सांसदलाई पार्टीबाटै निष्कासित गरिएको छ ।

बैठकले झलनाथ खनाल, माधव नेपाल,भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा देवी जैरूलाई साधारण सदस्य नरहने गरी निष्कासन गरेको छ ।

प्रतिक्रिया दिनुहोस