को-रोना संक्रमित बिरामिको आँखामा कालो, सेतो र पहेंलो ढुसीको संक्रमण फेला, कसरी जोगिन सकिन्छ ?

को-रोना संक्रमित बिरामिको आँखामा कालो, सेतो र पहेंलो ढुसीको संक्रमण फेला, कसरी जोगिन सकिन्छ ? भारतका धेरै राज्यमा ढु-सी (फङ्गस)को संक्रमण देखिन थालेको छ । को-भिड–१९ को उपचारपछि निको भई घर फर्किएका वा घरमै बसी निको भएका कोभिड सङ्क्रमितमा कालो र सेतो ढु-सी

(फ-ङ्गस)को समस्या भारतको धेरै राज्यमा देखिन थालेको हो । यस्ता व्यक्तिमा देखिएका जटिलताहरूमा उत्तर प्रदेशको गाजियाबाद जिल्लामा सोमबार पहिलो पटक पहेंलो ढुसीको सङ्क्रमण भेटिएको यहाँका नाक कान घाँटी (इएनटी) विशेषज्ञ बीपी त्यागीले पुष्टि गरेका छन् । त्यागीले भने , “बिरामीलाई पहेंलो ढुसीका साथै कालो र सेतो ढुसी पनि संक्रमण छ र हाल उक्त विरामीलाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

विरामी ४५ बर्षीय संजय नगरका बासिन्दा भएको पनि स्वास्थ्य अधिकारीले जानकारी गराएका छन् । त्यागीका अनुसार ‘म्यू-कोर सेप्टिकस’ (पहेंलो ढुसी) को लक्षणहरू निद्रा बढी लाग्ने भोक कम लाग्ने र तौलमा अस्वभाविक कमी आउनु रहेको पाइएको छ । “यो ढुसीको सङ्क्रमण बढ्दै जाँदा घा-उबाट पी-प बग्नु, घा-उहरू निको हुन ढिलो हुनु, कु-पोषण तथा इन्द्रि-यहरूले काम गर्न नसक्न हुने बताइएको छ ।

‘नेक्रोसिस’को कारण सु-निएको आँखा वा जीवित तन्तुमा को-षहरूको काम नगर्ने (कोषहरूको मृ- त्यु) हुने देखिएको छ,” नाक, कान, घाँटी विशेषज्ञ त्यागीले बताए । “पहेंलो ढुसी एक घा-तक रोग हो किनभने यो आन्तरिक रूपमा सुरु हुन्छ त्यसैले यसका लक्षणहरू याद गर्नु महत्वपूर्ण छ ।

किनभने समयमा लक्षणहरूको ख्याल नगर्दा आउने समस्याले यस रोगको नि-धानमा धेरै कठिनाई देखिएको छ । धेरै जसो उपचारमा ढिलाइ हुन्छ र यस रोगको लागि एक मात्र उपचार एम्फोटे-रासिन–बी इन्जेक्शन हो,” उनले भने । घरको चारैतिरको पर्खाल सफा गर्नु, यसलाई यथासक्दो सफा राख्नु र ब्याक्टे-रिया र फ-ङ्गसको बृद्धिलाई रोक्न मद्दत गर्नको लागि सकेसम्म चाँडो पुरानो खाना वा फोहोर आदिलाई समयमै व्यवस्थापन गर्नु अत्यन्त महत्वपूर्ण हुन्छ ।

घरको आर्द्रता पनि ढु-सी सङ्क्रमणबाट बच्न महत्वपूर्ण छ त्यसैले यसलाई जहिले पनि मापन गर्नुपर्दछ । धेरै आर्द्रताले ब्याक्टेरिया तथा ढुसीलाई बृद्धि गर्न सक्छ । को-भिड बिरामीहरूको लागि यो उपचार चाँडै अपनाउनु अझ बढी महत्वपूर्ण छ । कालो, सेतो तथा पहेँलो ढुसी सङ्क्रमित बिरामीको रेखदेखकर्ताका अनुसार बिरामीको दुई महिनादेखि को-भिड–१९ को उपचार चलिरहेको थियो र उनको स्वास्थ्यमा सुधार भइरहेको देखिन्थ्यो तर,

पछिल्लो चार दिनमा बिरामीको अनुहारको एकपट्टि फु-ल्न थाल्यो जसले गर्दा विरामीको आँखा बन्द (खोल्न नसक्ने) भएको, नाकबाट र-गत बग्नुका साथै पि-शाब-मा रक्त-स्रा-व पनि सुरु भएको थियो । त्सपछि बिरामीलाई अस्पतालमा भर्ना गर्दा मेडिकल परीक्षणबाट पहेंलो ढुसी सङ्क्रमण पुष्टि भएको छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस