आज यि स्थानमा हुनेछ अति भारी वर्षा र उच्च बेगको हावाहुरी , सतर्क रहन मौसम बिभागको २४ घण्टे चेतावनी

काठमाडौ । मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकास भएको ‘यास’ चक्रवातले नेपालमा उच्च वेगको हावाहुरीसँगै अति भारी वर्षा गराउन सक्ने भएकोले सतर्क रहन आग्रह गरेको छ । महाशाखाले शुक्रबार जारी गरेको मौसम पूर्वानुमानका अनुसार चक्रवात भारतको पूर्वी क्षेत्र उडिसा र पश्चिम बङ्गालमा अवतरण भएसँगै पश्चिम–उत्तरबाट पश्चिम सर्ने क्रममा कमजोर हुँदै न्यून चापीय क्षेत्रका रूपमा विकास भएकाले यसको सघन प्रभाव नेपालमा पर्ने भएको हो ।

महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा भनिएको छ : ‘दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जनरचट्याङरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीरअति भारी वर्षा र उच्च वेगको हावाहुरीको सम्भावना छ।’

यसैगरी उच्च हिमालीरपहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातरवर्षा र गण्डकी प्रदेशका केही स्थानमा र बागमती प्रदेश, प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका उच्च हिमालीरपहाडी भूभागका १र२ स्थानमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै राति पनि देशका धेरै स्थानमा मेघगर्जनरचट्याङरहावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा जारी रहने सम्भावना छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीरअति भारी वर्षा र उच्च वेगको हावाहुरीको सम्भावना छ।

यस्तै उच्च हिमालीरपहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातरवर्षा र गण्डकी प्रदेशका केही स्थानमा बागमती प्रदेश, प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका उच्च हिमालीरपहाडी भूभागका १र२ स्थानमा भारी हिमपातको सम्भावना रहेको शुक्रबार बिहान मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस