कुकुरसंग बिहे भयो किशोरीको आखिर किन ?

दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो, तर समाजका कतिपय तप्का अझै पनि हास्यास्पद अन्धविश्वासभित्र जकडिएका छन् । भारतको जमशेदपुरस्थित आदिवासीहरुको बाहुल्य रहेको आदित्यपूर गाउँमा रहेको कुप्रथालाई यसैको उदाहरणका रुपमा लिन सकिन्छ ।

यहाँको मान्यता के छ भने यदि कुनै पनि बच्चाको पहिले माथिको दाँत झर्‍यो भने त्यो ठूलो अलक्षिन हुन्छ । यो अलक्षिनलाई भगाउनका लागि सो बच्चाको कुकुरसँग बिहे गराइदिने प्रचलन रहेको छ ।

यही प्रचलन अनुसार आदित्यपुरको कुलुप टाँडामा सोमबार ५ जना बालबालिकाको कुकुरसँग बिहे गराइयो । बालकहरुलाई कुकुर्नीसँग र बालिकाहरुलाई कुकुरसँग जोडी बाँधिएको हो ।

आफ्ना छोराछोरीलाई कुकुरसँग बिहे गराउने बाबुआमाले खराब ग्रहलाई काट्नका लागि यस्तो गर्नुपरेको बताए । सानैमा कुकुरसँग बिहे गराइदिएपछि ठूलो हुँदा उनीहरुलाई दशाले पछ्याउन नसक्ने यी बाबुआमाको विश्वास छ ।

यो आदिवासी समाजमा अलक्षिन हटाउने नाममा यो कुप्रथा चलेको कयौं वर्ष भइसकेको छ । अहिले यी आदिवासीहरु यसलाई आफ्नो संस्कृतिकै अंगका रुपमा मान्छन् ।

प्रतिक्रिया दिनुहोस