५६ वर्षको उमेरमा २४ वर्ष कम उमेरकी युवतीसँग बेलायती प्रधानमन्त्रीले सुटुक्क गरे तेस्रो बिहे !

५६ बर्षको उमेरमा बेलायती प्रधानमन्त्री जोनसोनले ३२ बर्षे प्रेमिकासगँ तेस्रो बिबाह गरेका छन् । बेलायती राजनीतिको दुई सय ५० बर्षको ईतिहासमा पहिलो पटक कुनै पनि राजनेताले सत्तामा हुदाँ बिहे गरेको यो संभवत पहिलो अवसर हो । बेलायती सञ्चार माध्यमका अनुसार देशका प्रधानमन्त्री बोरीस जोनसोनले ५६ बर्षको उमेरमा ३२ बर्षीय प्रेमिकासगँ सुटुक्क बिबाह गरेका हुन् ।
उनले अघिल्लो वर्ष ईन्गेजमेन्ट गरेका थिए । उनीहरुको कोखबाट बिबाह गर्नु अघि नै एक सन्तान जन्मिसकेको छ ।

हुनतः उनीहरु लामो समयदेखि सरकारी आवासमा सगैं बस्दै आएका थिए । उनकी प्रेमिका हुन् केरी साईमन्डस् । जोनसोनले साईमन्डस्सगँ तेस्रो बिबाह गरेका हुन् ।

उनले पहिलो पटक सन् १९८७ मा बिबाह गरेका थिए । त्यो बिबाह १९९३ मा टुट्यो । त्यस पछि त्यसै बर्ष भारतीय मुलकी मारिना ह्वीलरसगँ दोस्रो बिबाह गरे उनीसगँ चार वटा सन्तान भयो । पछि उनीसगँ पनि जोनसनको सम्बन्ध बिच्छेद भए पछि अहिले साईमन्डससगँ बस्दै आएका थिए ।
साईमन्डस पर्यावरण परियोजनामा काम गर्छिन् ।

प्रतिक्रिया दिनुहोस