बाँसको तामाको अचार, तरकारी खानु भाको छ भने एकचोटी अवश्य पढ्नुहोला, यस्ता छन् फाइदाहरु जानी राखौं

काठमाडौँ । बाँसको तामाको तपाईं अचार, तरकारी वा सुप, के खानुहुन्छ रु जसरी खाए पनि यो स्वादिष्ट त हुन्छ नै यसले मानव स्वास्थ्यमा समेत फाइदा पुयाउँछ । मो सेबनले मुटुको लागी राम्रो फाइदा गर्छ ।

खासगरी, तामे, निगालो, चोया र भालुबाँस तामाका लागि उपयुक्त हुन्छ । अंग्रेजीमा बेम्बो सुट भनेर चिनिने यो सब्जी क्यानमा प्याकिङ गरिएको समेत पाइन्छ । जुन स्थानीय तामाभन्दा महँगो हुन्छ ।

तामाबाट विभिन्न परिकार बनाउछ सकिन्छ । बाँसको टुसालाई सीधै तरकारीको रूपमा पनि प्रयोग गर्न सकिन्छ । त्यस्तै, तामाको अचार पनि लोकप्रिय छ । तामा हालेर मासु पकाउँदा थप स्वादिष्ट हुन्छ । खानाको सुरुवाती अर्थात् एप्पिटाइजर सलादका रूपमा समेत यो उपयोगी छ ।

बाँसलाई ‘घाँसको राजा पनि भन्ने गरिन्छ । बाँसको कलिलो भागलाई नै तामा भन्ने गरिन्छ । एसियामा यो प्रचलित सब्जी तामालाई हामी अचार वा सब्जीको रूपमा प्रयोग गर्दछौं । तामा एउटा स्वथ्यकर, पूर्ण र गुणकारी सब्जी हो ।

मामा भिटामिन बीट, भिटामिन ई र ए, नियासिन, रिबोफ्लाभिन, थियामिन र फोलेटहरू हुन्छ। त्यस्तै गरी खनिज तत्त्वहरूमा क्याल्सियम, म्याग्नेसियम, जिंक, सोडियम, फोस्फरस, पोटासियम, कप्पर, म्यागानिज र आइरन हुन्छ ।

– यसमा प्रोटिनमात्रा भरपुर हुने भएकाले शरीरको प्रतिरोधक क्षमता बढ़ाउँछ ।

– तामाको सब्जी खनाले पाचन समस्यामाका लागि लाभदायिक हुन्छ ।

– फोक्सो सम्बन्धी समस्या होस् या रुघा खोकी त्यसको नियन्त्रणको निम्ति तमा निकै लाभदायिक हुन्छ ।

– यसमा अत्यन्तै कम कार्बोहाइड्रेट्स तत्त्वहरू हुन्छ, त्यसैले मधुमेहका रोगीहरूका लागि तामा निकै लाभदायिक हुन्छ ।

– उच्च रक्तचाप भएकालाई तामा उपयुक्त सब्जी हो ।

– पेटको दुखाइका साथै अल्सर तथा आन्ध्राका घाउहरू कम हुन तामाले सहयोग पुग्दछ ।

– यसमा क्यालोरी नहुनाले ऊर्जा दहनको अतिरिक्त परिश्रम अथवा कसरत केही गर्न आवश्यक हुँदैन ।

-यो मुटुको निम्ति मैत्रीखाद्य हो । यसले कोलेस्ट्रोल नियन्त्रण गर्छ।

– यसमा फ्याट र सुगर अति नै कम हुनाले यसले कोलेस्ट्रोलको एलडीएल स्तर, लिपिड्स र बाउल फँक्शन कम गर्दछ

-तामामा रहेको फाइटोस्टेरोल्सहरू जस्तै क्लोरोफिल, एमिलेज र फ्लोभिनहरूले शरीरमा क्यान्सर विकासलाई नष्ट गर्दछ ।

– तामाले पिसाबघरका कतिपय समस्याहरू लाई निको पार्न औषधिको काम गर्छ।

-तामामा प्रोटिन उपयुक्त हुन्छ, जसले गर्दा स्वास(प्रस्वासका कतिपय समस्याहरू कम गर्नमा वा निको पार्नमा ठूलो भूमिका खेल्दछ ।

– झाड़ा(पखला लाग्द र पेटमा ग्यास बढ़ेर पेट फुल्दा तामाको झोल बनाएर खाँदा औ्षधीको काम गर्दछ ।

-यसमा अति न्युन क्यालोरी हुनाको कारण यसले शरीरको ‘फ्याट लस’ वा बोसो घटाउन ९सोझो अर्थमा ओजन कम गर्न०मा ठूलो सहयोग पुर्‍याउँछ।

प्रतिक्रिया दिनुहोस