उज्वल थापाको अवस्था गम्भीर, अस्पतालले पनि दियो यस्तो जानकारी, अब प्रार्थना मात्रै गरौं

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेता उज्वल थापाको स्वास्थ्यका लाथि प्रार्थना गर्न अपिल गरेका छन्। कोरोना संक्रमणबाट गम्भीर अवस्थामा मेडिसिटी अस्पतालमा उपचाररत थापाको स्वास्थ्य अवस्थामा सुधार नआएको मिश्रले बताएका छन्।

आइतबार साँझ ट्वीट गरी मिश्रले प्रार्थनामा शक्ति हुन्छ भन्दै उनको स्वास्थ्यका लाथि प्रार्थना गर्न अपिल गरेका हुन्। डाक्टरहरू र देश विदेशबाट प्राप्त शुभेच्छुकहरूको सहयोग, प्रेरणा र प्रार्थनाप्रति उज्वल थापाको परिवार अत्यन्तै अनुग्रहित रहेको मिश्रले बताएका छन्।

उनले फेसबुकमा लेख्दै भनेका छन्, उज्वल थापाको स्वास्थ अवस्थाबारे अपडेट: उज्वलजीको स्वास्थ्य अवस्थामा कुनै सुधार आएको छैन र अवस्था अत्यन्तै गम्भिर छ। डाक्टरहरूले सकेको गरिरहेका छन्। डाक्टरहरू र देश-विदेशबाट प्राप्त शुभेच्छुकहरूको सहयोग, प्रेरणा र प्रार्थनाप्रति उज्वलजीको परिवार अत्यन्तै अनुग्रहित छ। उज्वलजीको लागि प्रार्थना गर्दै रहनुहोला। प्रार्थनामा शक्ति हुन्छ!

नेपालमा कुनै ठूला राजनीतिक दलका नेता बिरामी पर्ने वित्तिकै जनतामा आक्रोश पैदा हुन्छ। कारण नेता बिरामी भएपछि राज्यकोषको दुरुपयोग हुन्छ भनेर। तर विवेकशील साझा पार्टीका संस्थापक अध्यक्ष उज्ज्वल थापाको स्वास्थ्य उपचारको लागि जनता आफैले स्वःस्फूर्तरुपमा सहयोग गरे। थापा कोरोना सङ्क्रमित भएर गम्भीर अवस्थामा छन्। हाल उनको नेपाल मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ।

हिजोदेखि थापाको स्वास्थ्य अवस्था सुधार नभएको र थप जटिल बन्दै गएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले बताए। अस्पतालमा भेन्टिलेटर र इक्मो प्रविधिबाट थापाको उपचार भइरहेको पाण्डेले बताए ।

उनका अनुसार अहिले थापाको उपचारको लागि सहयोग बन्द गरिएको छ। अहिले संकलन भएको रकमले थापाको उपचार गर्न पुग्ने भएकोले आवश्यक परेमा पुनः अपिल गर्ने भन्दै बन्द गरिएको उनले बताए। अहिलेसम्म गोफण्ड नामक अनलाइन प्लेटर्फममार्फत झण्डै २३ हजार डलर र बैंक खातामा २६ लाख ५० हजार गरी झण्डै ५० लाख रुपैयाँ रकम संकलन भएको उनले बताए।

थापाको उपचार खर्च जुटाउन नागरिकहरूले स्वास्फूर्त रूपमा सहयोग गरेको पाण्डे बताउँछन्। ‘जनताको मनमा बस्न कुनै ठूलो दलको नेता नभए पनि हुने रहेछ। नेता हुनलाई सडकमा गएर चर्काे भाषण र टाउको फोड्नु नपर्ने रहेछ। केवल जनताको मनमा आशा जगादिए पुग्ने रहेछ। आज उज्ज्वल दाई जनताको मन बस्नु भएको छ’, उनले भने।

असल नेतालाई जनता आफैले खोजेर गाँस कटाएर ज्यान बचाउन लागि परेको उनले बताए। ‘उज्ज्वल दाईले नेपालमा वैकल्पिक राजनीतिलाई स्थापित गर्न जनतालाई केन्द्रमा राख्नु भयो। शहरी र शिक्षित युवालाई राजनीतिमा डोर्‍याउन उज्ज्वल दाईको योगदान छ’, पाण्डले भने।

उज्ज्वल थापाको स्वास्थ्य प्रतिको जनताले सद्धभाव देखाएको बताउँदै उनले भने, ‘असल नेतालाई जनता आफूले खोज्ने रहेछन्। हामीले सहयोगको अपिल मात्रै गरेको हौं। जनता आफैले स्वास्र्फूत सहयोग गर्नु भएको हो।’

प्रतिक्रिया दिनुहोस