ओलीलाई ‘ब्याक हुन तयार’ गराउने यि हुन् अदृश्य शक्ति, सुल्झदै एमालेको गाँठो !

पार्टी एकता कायम राख्न प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली पूर्ववत् निर्णयहरुबाट ब्याक हुन तयार भएका छन् । ओलीले शर्तसहित ब्याक हुने प्रस्ताव नेता माधव नेपाललाई पठाएका हुन् ।

विश्वस्त स्रोतका अनुसार ओलीले सहमतिका लागि पहिले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बढेका एमाले सांसदहरुको हस्ताक्षर र सर्वोच्च अदालतमा दायर रिट फिर्ता लिने शर्त राखेका छन् । उनले एमाले एकताका लागि सक्रिय नेपालनिकट नेताहरुलाई त्यस्तो शर्त राखेका हुन् ।

हस्ताक्षर फिर्ता लिएमा २ जेठ २०७५ को अवस्थामा एमालेलाई फर्काउन केही संशोधनसहित अगाडि बढ्न तयार रहेको जवाफ पठाएको बुझिएको छ । उनले त्यसका लागि समेत प्रस्ताव राखेको र त्यो विषय माधव नेपालसम्म पुगेको बुझिएको छ । ओली र नेपाललाई सहमति गराएर पार्टी एकता जोगाउने अभियानमा दोस्रे तहका नेता लागेका छन् । जसमा सबैभन्दा सक्रिय युवा नेता योगेश भट्टराई भएको बुझिएको छ ।देउवालाई प्रधानमन्त्री बनाउने सहमतिमा हस्ताक्षर नगरेर माधव नेपाललाई झट्का दिएका भट्टराई पार्टी एक गराउने आफ्नो प्रयास भनेका थिए । उनको यो प्रयासमा राष्ट्रपति विद्या देवी भण्डारीले पनि साथ दिएको बुझिएको छ । उनले नेताहरुसँग नियमित सम्पर्क गरी सहमतिको बिन्दु तयार गर्न आग्रह गर्दै आएकी छिन् ।

अहिले भण्डारीको एमाले एकता कायमै राख्ने पहलमा नेता योगेश भट्टराईले साथ दिदै आएका छन् । उनले नियमितजसो भण्डारीलाई भेटेर सहमतिको बिन्दु तयार गर्न सक्रियता बढाइरहेका छन् ।विश्वस्त स्रोतका अनुसार भट्टराईले राष्ट्रपति भण्डारीसँग छलफल गरी अध्यक्ष ओलीलाई ब्याक हुन सहमत बनाएका हुन् । भट्टराई र राष्ट्रपति भण्डारीबीच राम्रो सम्बन्ध छ । नेपालले पनि पुरानो अवस्थामा पार्टी कमिटीलाई फर्काएमा सहमत हुनसक्ने सन्देश दिएका छन् । त्यो सन्देश बोकेर भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेका थिए । उनले सर्तसहित सहमतिको प्रस्ताव राखेका छन् । जसमा उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने हस्ताक्षर फिर्ता देखि अदालतमा दायर रिट फिर्ताको समेत शर्त राखेका छन् ।

प्रतिक्रिया दिनुहोस