फेरी अर्को भाईरस देखियो , तीन नयाँ भेरियन्टको नाम जिटा, इटा र थिटा राखियो , विश्वभर फेरी ख,तराको घन्टी

१९ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले थप तीन भेरियन्टलाई ग्रीक अल्फाबेटअनुसार विभिन्न नाम दिएको छ ।

अहिले नयाँ नाम दिइएका तीनओटा भेरियन्ट अफ कन्सर्न (भीओसी) हरुमा जिटा (पी.२), इटा (बी.१.५२५) र थिटा (पी.३) छन् । यिनीहरुको जनस्वास्थ्यमा कति असर पर्छ भन्ने अध्ययनकै क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए ।

यसअघि डब्ल्लूएचओले बेलायतमा भेटिएको भेरियन्टलाई (बी.१.१.७) ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई (पी.१) ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई (बी.१.३५१) ‘बेटा’ र भारतमा भेटिएको भेरियन्ट (बी.१.६१७.२) लाई ‘डेल्टा’ नामकरण गरेको थियो ।

भारतमै फेला परेको अर्को भेरियन्ट (बी.१.६१७.१)लाई कप्पा नाम दिइएको थियो । मन्त्रालयका प्रवक्ता डा. पौडेलले अल्फा भेरियन्ट १६० मुलुक, बेटा भेरियन्ट ११३ मुलुक, गामा भेरियन्ट ६४ र डेल्टा भेरियन्ट ६२ मुलुकमा फैलिएको बताए ।

पहिलो लहरको कोरोनाबाहेक नेपालमा पनि गामा र डेल्टा नामक भेरियन्टले ठूलो असर पारेको उनले बताए ।

यसअघि मुलुकमा उत्पत्ति भएको आधारमा कोरोना भेरियन्टलाई चिनिने गरेको थियो । विभिन्न देशले यसमा आपत्ति जनाएपछि डब्ल्यूएचओले उक्त भेरियन्टहरुलाई ग्रीक अल्फाबेट अनुसारको नाम दिएको हो ।

फेरी अर्को भाईरस देखियो चीनमा , ४१ वर्षीय पुरुषमा दुर्लभ प्रकारकाे बर्ड फ्लु पहिलाे पटक पुष्टि , विश्वभर फेरी ख,तराको घन्टी

काठमाण्डाै – चीनमा एक ४१ वर्षीय पुरुष बर्ड फ्लुको एउटा दुर्लभ प्रकारबाट सङ्क्रमित भएको पाइएको छ । NH10N3 (एच१०एन३) नाम दिइएको भाइरस पहिलो पटक कुनै मानिसमा पुष्टि भएको यो पहिलो घटना बताइएको छ ।यद्यपि अधिकारीहरुले ती व्यक्ति कसरी सङ्क्रमित भए भन्नेबारेमा कुनै जानकारी दिएका छैनन् । तर यस प्रकारको भाइरस मानिसबाट मानिसमा सजिलै नसर्ने विश्वास गरिएको छ ।

जाङ्सु प्रान्तका ती व्यक्तिमा गएको हप्ता सङ्क्रमणको पहिचान भएको थियो । अहिले ती व्यक्ति उपचारपछि निको भएको र उनलाई चाँडै नै डिस्चार्ज गरिने अधिकारीहरुले बताएका छन् ।बर्ड फ्लुका अनेक प्रकार छन् र कुखुरा पालन गर्ने मानिसमा बर्ड फ्लु सङ्क्रमण पुष्टि भएको घटना कहिलेकाहीँ सुनिन्छ ।

तर कन्ट्याक्ट ट्रेसिङ गर्दा ती व्यक्तिको सम्पर्कमा आएका अन्य व्यक्तिमा बर्ड फ्लु देखिएन ।बेइजिङमा रहेको राष्ट्रिय स्वास्थ्य आयोग (एचएचसी) ले मङ्गलवार बताएअनुसार सङ्क्रमण पुष्टि भएका ती व्यक्तिलाई गएको अप्रिल २८ मा भर्ना गरिएको र त्यसको एक महिनापछि उनमा बर्ड फ्लु गराउने भाइरसको एच१०एन३ प्रकारबाट सङ्क्रमण भएको पुष्टि भयो ।

प्रतिक्रिया दिनुहोस