अचानक पेट दुख्यो भन्दै अस्पताल पुगेकी महिलाको रिपोर्ट देखेर डाक्टर समेत चकित परे

एजेन्सी । एक महिला ३२ वर्षदेखि सामान्य जीवन बाँचिरहेकी थिइन् । उनको विवाह भएको ९ वर्ष बितिसकेको थियो र वैवाहिक जीवन पनि राम्रो चलिरहेको थियो तर अचानक उनलाई थाहा भयो कि उनी एक पुरुष हुन् र उनलाई टेस्टिक्यूलर क्यान्सर छ ।

भारतको पश्चिम बंगालमा बीरभूममा बस्ने यी महिला शारीरिक रुपमा त महिला हुन् तर आनुवंशिक रुपमा उनी पुरुषको रुपमा जन्मिएकी थिइन् । जब उनको स्थिती अस्पताल पुग्यो तब डाक्टर पनि चकित परे र उनीहरुले यो समस्याबारे थाहा पाउनका लागि एउटा लामो प्रक्रियाबाट गुज्रनु पर्यो ।त्यसपछि थाहा भयो कि यी महिलालाई एन्ड्रोजन इन्सेन्सिटिभिटी सिन्ड्रोम छ जसमा व्यक्तिको शरीर महिलाको हुन्छ तर क्रोमोसोम पुरुषको हुन्छ ।

यी महिला केहि महिना अघि पेट दुख्ने समस्या लिएर नेताजी सुभाष चन्द्र बोस क्यान्सर अस्पताल गएकी थिइन् । उनको उपचार गर्ने डाक्टरले उनलाई कस्तो रोग लागेको छ भनेर बुझ्न सकेनन् ।

क्या’न्स’र अस्पतालमा कन्सल्टेन्ट क्लिनिकल अन्कोलोजिस्ट डाक्टर अनुपम दत्ता र कन्सल्टेन्ट सर्जिकल अन्कोलोजिस्ट डाक्छर सौमेन दासले उनको उ’प’चार गरिरहेका थिए ।डाक्टर अनुपम दत्ता भन्छिन्, ‘महिला अत्यधिक पे’ट दु’ख्ने समस्या लिएर अस्पताल आएकी थिइन् । जब उनको परीक्षण गरियो तब उनको पाठेघर (गर्भाशय) र ओभरी नभएको थाहा भयो र पेटमा एउटा ट्युमरजस्तो देखियो ।

जब हामीले उनको बायोप्सी निकाल्यौं तब थाहा भयो कि उनलाई सेनिनोमा छ जुन पुरुषमा हुने टेस्टिक्यूलर क्यान्सर हो ।’ टेस्टिक्यूलर क्या’न्स’र अण्डकोषमा हुन्छ जुन पुरुषको मुख्य प्रजनन अङ्ग हो । तर यी महिलाको पेटमा नै यो अ’ङ्ग पाइयो जसले अब ट्युमरको रुप लिइसकेको थयिो । यस्तो किन भयो, यसबारे पत्ता लगाउनका लागि महिलाको जीनको परीक्षण गरियो।

प्रतिक्रिया दिनुहोस