जसपाका ८ मन्त्री र दुई राज्यमन्त्रीले शपथ लिँदै, राजेन्द्र महतो उपप्रधानमन्त्री

काठमाडौं, २१ जेठ । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षलाई सहभागी गराएर आज मन्त्रीपरिषद् पुनर्गठन हुँदैछ । महन्थ ठाकुर पक्षबाट आठजना मन्त्री र दुईजना राज्यमन्त्रीले आजै साझ ६ वजे सपथग्रहण लिने बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको सहमतिअनुसार पार्टीले सरकारमा सहभागी हुने १० जनाको नाम बुझाइसकेको जसपाका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले बताए ।

महतोलाई उपप्रधानमन्त्रीसहितको कुनै एक मन्त्रालय दिने तयारी ओलीले गरेका छन् ।मन्त्री बन्नेमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, एकवाल मियाँ, विमल श्रीवास्तव, उमाशंकर अरगरिया र रेणुका गुरुङ, चन्द्रकान्त चौधरी रहेका छन् ।

उनीहरुले कुन -कुन मन्त्रालय पाए भन्ने जानकारी शपथग्रहणको समयमा गराउने कर्णले बताएपनि राजेन्द्र महतो- उपप्रधान मन्त्री तथा शहरी विकास, शरतसिहं भण्डारी- ऊर्जा, अनिल झा- खानेपानी, बिमल श्रीवास्तव- श्रम, उमाशंकर अरगरिया- युवा, लक्ष्मणलाल कर्ण- भुमिसुधार, चन्दा चौधरी – महिला, एकबाल मियाँ- वन, चन्द्रकान्त चौधरी – उर्जा राज्य मन्त्री, रेणुका गुरुङले महिला राज्य मन्त्रीको रुपमा शपथ लिन लागेको स्रोत बताउछ ।

प्रतिक्रिया दिनुहोस