आँखामा समस्या देखियो ? बेसार पनि बन्न सक्छ चमत्कारी औषधि

एजेन्सी । किचनमा पाइने बेसार हामी सबैले विभिन्न प्रकारका तरकारीहरुमा प्रयोग गर्दै आएका छौँ। बेसारले तरकारीको स्वादको मात्र काम गर्दैन स्वास्थ्यका लागि पनि निकै लाभदायिक हुने गर्दछ।

त्यती मात्र हैन बेसार आँखाका विभिन्न समस्याका लागि पनि निकै लाभदायिक मानिने गर्दछ। आज हामी तपाईलाई बेसारका फाइदाका बारेमा जानकारी दिदैछौँ।

१) वैज्ञानिक अध्ययनका अनुसार बेसारको प्रयोग आई ड्रपका रुपमा गर्दा यसले रेटिना कोशिकामा हुने असरलाई कम गर्न सहयोग गर्दछ। वैज्ञानिकले यसलाई मुसामा परीक्षण गरेर यस्तो निष्कर्ष निकालेका हुन्। यस अध्ययनको प्रकाशन जर्नल साइन्सटिफिक रिपोर्टसमा गरिएको छ।

२) यूनिभर्सिटी कलेज अफ लण्डन र ब्रिटेनको इंपिरीयल कजेलका शोधकर्ताका अनुसार बेसारबाट निकालिएको करफूमिनबाट बनेको आइ ड्रप हाम्रो आँखाको समस्या हटाउन निकै लाभदायिक हुने गर्दछ। यसले रेटिनल सेल्समा हुने क्षतिको कम गर्नमा सहयोग गर्ने परीक्षणबाट पुष्टी गरिएको थियो।

३) यूनिभर्सिटी कलेज लण्डनका प्रोफेसर फ्रान्सिस्का कोर्डेरोले भनेका छन्, करक्युमिन कम्पाउण्डमा सम्भवना देखिएको छ। यो ग्लूकोमा र अल्जाइमर रोगको उपचारका लागि निकै सहयोगी हुने गर्दछ। यसले लाखौँ व्यक्तिका आँखाका लागि सहयोगी हुने गर्दछ।

प्रतिक्रिया दिनुहोस