बंगालमा पेट दुखेर अस्पताल पुगेकी महिलालाई डाक्टरले पुरुष भएको बताएपछि..

झट्ट सुन्दा समाचार पत्याउन गाह्रो पर्छ जो कोहीलाई । तर विश्वमा कतिपय यस्ता अनौठा घटनाहरु हुन्छन् कि मान्छेले पत्याउन मुस्किल हुन्छ । भारतको पश्चिम बंगालमा पनि हालै त्यस्तै घटना एक अस्पतालमा देखिएको छ ।

हालै भारतको पश्चिम बंगाल स्थित सुभाष चन्द्र बोस क्यान्सर अस्पतालमा एउटा अनौठो परिघटना भएको छ । एक ३० बर्षे विवाहीत महिला अत्याधिक पेट दुखे पछि सो अस्पतालमा उपचारका लागि पुगेकी थिईन् ।

जब चिकित्सकहरुले परीक्षण गरे तब उनको शरीर महिलाको भए पनि जिन पुरुषको भएको बताउदै पुरुषमा हुने क्यान्सर भएको बताए पछि उनी हैरानीमा परिन् । उनी ९ बर्ष अघि बिबाह गरेर बसेकी थिईन् ।

यस रोगलाई डाक्टरहरुले एन्ड्रोजन ईन्सेन्सेटीभीटी सिन्ड्रोम( एआईएस) नाम दिएका छन् । यो हरेक २२ हजार मान्छे मध्य एक जनामा यस्तो गुण हुने संभावना रने चिकित्स्कहरुले अनुमान गर्दै आएका छन् ।

यो विश्वमै दुर्लभ रोग मध्य एक मानिन्छ , जसको बच्चा जन्मिन्छ त्यसको शारीरीक विकास महिलाको र जिन पुरुषको विकास भएको हुन्छ ।
बंगालको बीरभुभमा रहने ती महिलालाई असलमा पुरुष भएको घोषणा गर्ने डाक्टर हुन सौमेन दास हुन् ।

डा. दासले यो रोग भएका मान्छेमा बाहिर पुरै महिला देखिन्छ । जस्तो कि उसको शरीर, स्वर,अंगहरु सबै महिलाको हुन्छ तर युट्रेस( बच्चादानी ) र ओभरीज नभएको बताए । डाक्टरका अनुसार ती महिलामा महिनावारी समेत भएको छैन ।

डा. दासका अनुसार ती महिलालाई टेष्टिक्युलर क्यान्सर भएको छ जो पुरुषमा मात्र हुने गर्दछ ।
यो एउटा दुर्लभ रोग भएको उनको भनाई छ । ती महिलाको २८ बर्षे बहिनीमा पनि यही लक्षण देखिएको डाक्टरहरुले बताए आजतकले अनलाईन संस्करणमा समाचार लेखेको छ ।

प्रतिक्रिया दिनुहोस