अब सुनका गहना लगाउन नपाइने, नगरबासीलाई मेयरले दिए तुरुन्तै खोल्न निर्देशन (हेर्नुहोस् भिडियो)

बेलाबेलामा जनप्रतिनिधिहरु अनौठा अभिब्यक्तिका कारण चर्चामा आउँछन् । यस्तै अभिब्यक्ति झापाको विर्तामोड नगरपालिकाका मेयर धुब कुमार सिवाकोटीले दिएका छन् । उनले एक टेलिभिजन कार्यक्रममा ‘सुनले भाइरस तान्छ’ भनेर भनेका थिए ।

उक्त कार्यक्रममा बोल्दै मेयर सिवाकोटीले भनेका छन्, ‘सबै आमाबुवा, दाजुभाइ, दिदिबहिनीले सुनका औंठीहरू, गहनाहरू लगाउनुभएको छ भने भरे नै खोल्दिनुस् । किनभने यसले भाइरसलाई छिटो लिने गर्छ। मेरो पनि औंठीहरू, गहनाहरू सबै मैले राखेको छु ।’

तर उनी आफ्नो भनाईमा अडिग छन् । उनले पछि सम्पर्क गरेर बुझ्न खोज्दा आफ्नो भनाईको बचाउ गरे । उनले धातुले भाइरसलाई तान्ने भन्दै उही अभिव्यक्ति दिए । उनले सुनको औंठीहरूमा बाहिर स्यानिटाइजर लगाउँछौं तर भित्रपट्टी त लाग्दैन भन्ने दावी गरे ।

औंठी लगाएकै कारण कोरोना लागेको अनुमान भएपछि मेयर सिवाकोटीले अहिले औंलामा लगाएको सबै औंठीहरू फुकालेर राखेका छन् । घडी पनि लगाएका छैनन् । यति मात्र हैन उनले आफ्ना नगरवासीलाई समेत औंठी, घडी केही पनि नलगाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस