अब श्रीमानलाई दोश्रो विवाह गर्नबाट रोक्ने महिलालाई जन्मकैदको सजाय हुनसक्ने

एजेन्सी । हाम्रो देशमा बहुविवाह कानूनतः प्रतिबन्धित छ र एकभन्दा धेरै श्रीमती बनाउने पुरुषलाई सजाय पनि हुन्छ । तर अफ्रिकी देश इरिट्रियामा दुई जना महिलासँग विवाह नगरे सजाय मिल्ने कानून रहेको छ ।

इरिट्रियामा महिलाको तुलनामा पुरुषको जनसंख्या निकै कम छ । सोही कारण सरकारले सबै पुरुषलाई दुईजना महिलासँग विवाह गर्नैपर्ने कानून बनाएको हो। कुनै पनि महिला अविवाहित बस्नु नपरोस् भन्ने मनशायले सरको यस प्रकारको अनौठो कानूनको निर्माण गरेको हो।

कानूनको उल्लंघन गरी दुईवटा विवाह नगर्ने पुरुषलाई जेलको सजाय हुन्छ । पुरुषलाई मात्र सजाय हुने होइन, महिलालाई पनि यदि पहिलो श्रीमतीको रुपमा विवाह गरेर भित्रिएका कुनैपनि महिलाले आफ्नो श्रीमानलाई दोश्रो विवाह गर्नबाट रोक्ने प्रयास गरेमा त्यस्ता महिलालाई पनि सजाय हुने कुरा कानूनमा उल्लेख छ ।

श्रीमानलाई दोश्रो विवाह गर्नबाट रोक्ने महिलालाई जन्मकैदको सजाय हुनसक्ने प्रावधान कानूनमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्याममा उल्लेख छ ।इरिट्रियामा हरेक पुरुषले कम्तीमा २ जना महिलासँग विवाह गर्नैपर्दछ ।

पाँच पाण्डवसँग तुलना गर्दै विपक्षी गठबन्धमा लागेकी जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई सुर्य थापाले व्यङ्ग्य गर्दै भने, ‘कान्छी भाउजु’

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा सामाजिक सजालमा निकै चो’टिलो तर्क लेख्छन् । विपक्षीहरुलाई भि’त्तामै पुग्नेगरी लेख्ने थापाले आइतवार महाभारतको कथामा समावेश पाँच पाण्डवसँग तुलना गर्दै विपक्षी गठबन्धनप्रति निकै चो’टिलो व्यङ्ग्यसहितको टिप्पणी गरेका छन् । उनले जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई कान्छी भाउजु भन्दै टिप्पणी गरेका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले असन्तुष्ट पक्षका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी उपेन्द्र–बाबुरापक्षका नेता उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई टिप्प्णी गरेका हुन् ।

यस्तो छ, थापाको टिप्पणी– पाँचको महिमागान –

पञ्चतत्वको बारेमा त कुरै नगरौं, महाभारतमा पाँच पाण्डव थिए, नेपालमा २४० बर्षतक श्री पाँच निरन्तर थिए, तीस बर्षसम्म पञ्चायती नि’रंकु’श शासन चलेको थियो, पञ्चायतका समर्थकहरू पञ्च कहलिन्थे, कूटनीतिमन पञ्चशीलको सिद्धान्त छ, लय मिलाउन तीन पार्टीमा दुई टु’क्रा मि’सावट गरिएको छ, तब “पाँचको मोर्चा” अस्तित्वमा रहेको छ, र, “पाँच”मोर्चा सक्रिय छ –अर्थात् आजकल “पाँच”हरूको”गुड जब” चलिरहेको छ, पहिले सात,आठ र नौ वाम समूह थिए, त्यस्तै !

समयले यस्तो नयाँ हैसियतका साथ देउवा, दाहाल, नेपाल, यादव र हाम्री कान्छी भाउजुलाई एकसाथ सक्रिय भूमिकामा उभ्याइदिएको छ कि पूरै २० प्रतिशतमा महिला सहभागी १ दिनहुँजसो वक्तव्य निकाल्नु “पाँच”को नित्य कर्तव्यजस्तै बनेको छ । संविधान, कानुनले नेपाल र यादवजीको उपस्थितिमा प्रश्नचिह्न खडा छ । तर यादवका साथ “बहुराष्ट्रिय राज्य”को नीति हाजिर छ, कान्छी भाउजुको हस्ताक्षरका साथ”संघीयता खारेजी”को दुर्लभ नीति, दाहालसँगै देशले अस्वीकार गरेको “हिं सा, जातीय संघीयता र कम्फर्टेवल सरकार”को कठीन प्रयाश, अनि देउवा दाजुको हस्ताक्षरमा “प्रतिगमनको सारथि बनेको ऐतिहास अनुभव र गोर्खाली राजाले गरेको न्याय १” समष्टिमा तथाकथित प्रतिगमनको नक्कली भाष्य र न्यारेटिभका लागि मार्क्सवादमा हेगेल र फा य रवा खकोजस्तो योगदान, सिर्जनशीलता र वैज्ञानिक विकास । गज्जब ११ पाँचमै हेरौं त,

१। देउवा दाजु प्रतिगमनदविरूद्दका नायककै रूपमा स्वीकारिनु भएको छ । तर लुई बोनापार्टको आठौं ब्रुमेर पढ्ने हो भने खास प्रतिगमन ज्ञानेन्द्र शाहले २०६१ माघ १९ गते दाजुकै सबल काँधमा सवार भएर ला’देका थिए। अर्थात, प्रतिगमनको मतियार भएर सेवा गरेको अविस्मरणीय अनुभव दाजुको छ ।

कैलालीको चुनाव “पारिवारिक लोकतन्त्र”को कस्तो नमुना अभ्यास थियो रु २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भोग्ने मा। नारदमुनि रानाथारूले सायद बिर्सनुभएको छैनहोला । उहाँको लोकतन्त्रको दुस्ख त शीतलनिवास र सर्वोच्च अदालतामा लगिएका अरूअरूका हस्ताक्षरहरूमै स्पष्ट छ । वीपी, केपी, जीपीले नेतृत्व गरेको नेपाली काँग्रेसको इतिहास सायद आजकल डा। सूर्यमणि अधिकारीको पुस्तकमा स्तब्ध छ होला । तर अधिनायकवादविरूद्द ल ड् नु जो छ र पाँचौ पटक प्रधानमन्त्री बन्न खोज्दा रोकेर हाँस्न र रूनसमेत दिइइको छैन। यसरी ज्योतिषलाई नै झूठ सावित गर्न पाइन्छ ?

२। दाहालको नेतृत्वमा ३३ बर्ष लामो निरन्तर पार्टीको एकल मुख्य नेतृत्वमा आसीन विराट अनुभव छ, जनताका छोराछोरीको काँधमा ब न्दु क राखी १७ हजार मानिसको मृ’त्युपर्व लगाएर इतिहासका कोत र भण्डारखाल पर्वहरूलाई जित्दै आफूले बरू यु द्ध कालमा नोयडा र अरू छिमेकका विभिन्न स्थानमा सपरिवार “फाइभस्टार” सुविधा, सुरक्षा र सुखभोग गरेको नेतृत्वकलाको विरासत छ । अनि, दुईपटक प्रधानमन्त्री भएबाहेक राजकीय जिम्मेवारीमा छोरा, बुहारी,छोरी, ज्वाईसाहेबहरूको गच्छेपिच्छे उपस्थिति गराउने र दाहालतन्त्रकै झझल्को दिलाउँने अभ्यास गरेपनि तेस्रोपटक प्रधानमन्त्री हुन रोक्ने प्रतिगामी कार्य असैह्य भएको छ ।

३। “वरिष्ठ नेता” को नाममा नेपालले गरेको हस्ताक्षर कुखुराको शिरमा मयुरको प्वाँख सि’उरिएजस्तो पो देखिइरहेको छ । सांसद र पूर्व सांसदहरूका हस्ताक्षर बिक्री र थानगन्ती गर्दै धेरै भविष्य बोकेका र क्षमतावान कार्कर्ताहरूलाई ए म्बु समा पार्नेक्रम चल्दो छ। १६ बर्ष पार्टी प्रमुख हुँदा पाउमा दाम होस् कि पश्चिम ढोकामा बिन्तिपत्र चढाएर पनि संभव नभएको तर दुईदुई ठाउँमा चुनाव हार्दा पनि सौभाग्यवश प्रधानमन्त्री भएर हालीमुहाली गरेको अनुभवलाई “अपमान” गर्ने ?

महाधिवेशनमा पराजित भएर कार्की बैंक्वेट पार्टीको स्वघोषित अध्यक्ष बन्दै मुसुक्क मुस्कुराएको “विधि(पद्दति”को नेपाल(रटान २०७७ फागुन २३ यता आएर भने घायल र रनभुल्ल छ। कहिलेकहिले बुढानिलकण्ठ त बिहान(साँझ खुमलटारमा हाजिरी तामेल गर्न भ्याइनभ्याई चलिरहेको छ१११

४। यादवको जातीय “यादव राज्य”को स्थापनाको पार्टी अभ्यास फोरमदेखि सजपासम्मै स्पष्ट देख्नेहरूले रमाइलो गरेको पाइन्छ । न श्ली य अभ्यासका साथ “पहिले यादव, अनि अरू” उहाँको असली पार्टी, लोकतन्त्र र राष्ट्रियता रहेको तथ्य व्यवहारले नै प्रष्ट गरेको छ। राणाकालीन क, ख, ग र घ श्रेणीको वर्गीकरणजस्तै तुलनात्मक अभ्यास हेर्दा क० यादव ख० तराई( मधेसका अन्य जनवर्ग ग) मुस्लिम र घ० राई, भट्टराई र श्रेष्ठको हैसियत अभ्यास भइरहेको छ। यसको गहिरो अनुभूति सायद बाबुराम यमिले राम्रोसँग गर्नुभएको छ होला ।

५। कान्छी भाउजू त प्रतिनिधिपात्र मात्रै हो(उपाध्यक्ष १ उहाँलाई सजिलो छ, ४७ बर्षदेखि निरन्तर “महामन्त्री” भई नेतृत्व गर्दै आउनुभएका माल्दाई जो हुँदै हुनुहुन्छ । आवश्यक परे “धोवी” सिद्धान्तको प्रतिपादन गरेर भए पनि भोट एमालेको लिएर जित्ने, हस्ताक्षर गर्न आदेशपालकका रूपमा घरबाटै “नौलो जनवादी” उपस्थिति छँदैछ ।

दस्तावेजमा कांग्रेस, सजपालाई प्रतिक्रियावादीर राष्ट्र घा ती, अनि दाहाल नेपाललाई संशोधनवादी, “क्यारिरिष्ट” र नक्कली कम्युनिस्ट लेखेर कार्यकर्ता दीक्षित गर्ने, सत्तामुखी टालाली बटुली कति राम्री पुतली मोर्चाचाँहि त्यसविपरीत गर्ने(बिर्सने रोग याने अल्जाइमरको समस्या गज्जपकै पो हो कि चाहिएजस्तै गर्ने ?

प्रतिगमनविरूद्द, लोकतन्त्र, समाजवाद र राष्ट्रियता, अनि जनजिविकाको पक्षमा पाँचैजनाका साझा विशेषता श्रीस्वस्थानी ब्रतकथाको प्रसाद वितरण महिमाद्वारा निर्देशित छ

“सके आफ्नो छोरालाई दिन, आफ्नो छोरा नभए मीत छोरालाई दिनु, मीतको छोरा पनि नभए गंगाजीमा बगाइदिनु!” ‘‘‘‘‘‘‘। समवेत् श्वरमा भनौं(आऊ मिलाऊ हाम्रा हातहरू र “पाँच”कै व्यवहारमा परीक्षण गरौं !

प्रतिक्रिया दिनुहोस