राती सुत्नुअघि मोजाभित्र प्याज राखेर सुत्नुका यस्ता पाँच अपत्यारिला फाइदा

हेडलाइन पढेरै अचम्ममा पर्नुभयो होला । राती सुत्नुअघि मोजामा प्याज राखेर सुत्दा विभिन्न फाइदा हुने विभिन्न वैज्ञानिक आधार छन् । राती सुत्नुअघि मोजाभित्र प्याज राख्दा यसको पोषक तत्व तपाईंको छालाले सोस्ने गर्दछ जसका कारण स्वास्थ्यलाई विभिन्न फाइदा पुग्ने गर्दछ ।

वास्तवमा तपाईंको पैतालामा यस्ता विभिन्न कोसिका हुन्छन् जुन शरिरको विभिन्न कोसिकासँग सम्बन्धित हुन्छ । यो चीनियाँ चिकित्सामा शिरबिन्दुको रुपमा मानिन्छ अर्थात् शरिरको एउटा यस्तो हिस्सा जो शरिर भित्रको प्रत्येक अंगको बाटो हो ।


के हो वैज्ञानिक आधारः

पैतालामा विभिन्न प्रकारको नशाको अन्त्य हुन्छ (लगभग ७ हजार) जुन शरिरको विभिन्न अंगसँग जोडिएको हुन्छ । यसले शरिरभित्र एक शक्तिशाली बिजुलीको सर्किटजस्तो काम गर्दछ तर जुत्ता चप्पल लगाएका कारण यो निष्क्रिय हुन्छ । त्यसै कारण हामीले केही घण्टाका लागि नाङ्गो खुट्टा हिँड्नुपर्ने सल्लाह दिइन्छ । प्याज (र लसुन) हावा शुद्ध गराउनका लागि परिचित छ र छालामा यसलाई लगाउँदा किटाणु र जीवाणुलाई नष्ट गर्न सहयोग गर्दछ । यसका साथै प्याजमा पाइने फस्फोरिक नामक एसिड रगतमा प्रवेश गरेर शुद्ध बनाउन मद्दत गर्दछ । तर ध्यान राख्नुहोस्, एकपटक प्रयोग गरिसकेको प्याजलाई पुनः प्रयोग नगर्नुहोस् ।

प्याजलाई प्रयोग गर्ने तरिकाः

१. अर्गानिक प्याज (सेता वा रातो प्याज) लाई स्लाइस पार्नुहोस् । अर्गानिक प्याजमा किटनाशक र अन्य केमिकलको प्रयोग नहुनेभएकाले यो रातीको समयमा सजिलै तपाईंको रगतमा प्रवेश गर्दछ ।

२. प्याजको प्राकृतिक चिकित्सा शक्तिले तपाईंको छालाको माध्यमबाट काम गरेर रगतलाई शुद्ध गर्दछ, ब्याक्टेरिया र किटाणुलाई मार्ने र विषाक्त पदार्थलाई अवशोषित गर्न मद्दत गर्दछ । यसलाई कोठाको हावा शुद्ध गर्न पनि प्रयोग गर्न सकिन्छ ।

ब्याक्टेरिया र किटाणु टाढा रहन्छः

प्याजमा एन्टी ब्याक्टेरियल र एन्टी वायरल गुण हुन्छ । दिनभरी हिँड्दा र माटोको सम्पर्कमा आएपछि पसिनाका कारण खुट्टामा थुप्रै किटाणु टाँसिएका हुन्छन् जसको सफाइएमा हाम्रो ध्यान जाँदैन । त्यसकारण पैतालामा प्याज रगड्दा ब्याक्टेरिया र किटाणु नष्ट हुन्छन् ।

रगत शुद्ध पार्छः

आजकाल खानपिनको गलत व्यवहारका कारण रगत अशुद्ध हुने गर्छ जसका कारण हामी बिरामी पर्छौं । प्याजमा फस्फोरिक एसिड हुने भएकाले यो छालाको माध्यम हुँदै रगतलाई शुद्ध पार्न मद्दत गर्दछ ।

हावालाई शुद्ध गर्छः

जब तपाईं सुत्नुहुन्छ तब खुट्टामा प्याज राख्दा वरिपरि फैलिएको गन्धबाट छुटकारा पाउनुका साथै विषाक्त र केमिकललाई अवशोषित गर्दछ ।

प्रतिक्रिया दिनुहोस