के साँच्चै जलपरी हुन्छन् समुद्र किनारमा ?

हामीमध्ये धेरैले दन्त्यकथामा समुद्रमा बस्ने जलपरीका बारेमा सुनेका छौं । समुद्रभित्र छुट्टै संसार हुने र त्यहाँ जलपरीहरु हुने सुनेका हामीले सााच्चै जलपरी भने देखेका छैनौं । तर, हालै बेलायतको लिभरपुलस्थित मर्सिसाइड समुद्र किनारमा भेटिएको एउटा कंकालले वैज्ञानिक जगतलाई तरंगित बनाइदिएको छ । यो रहस्यमय कंकालको आकारप्रकार हेर्दा दुरुस्तै काल्पनिक कथामा वर्णन गरिने जलपरीको जस्दै देखिएपछि यसले सबैलाई आश्चर्यमा पारेको छ ।

लिभरपुल इकोका अनुसार यो कंकाल मानिसजस्तो पनि देखिन्छ र माछाजस्तो पनि देखिन्छ । मानव र माछाको मिश्रित आकारप्रकार भएको यो कंकालले जलपरीको काल्पनिक कथा फेरि चर्चामा आएको छ । यो कंकालका तस्वीरहरु सामाजिक संजालमा शेयर गरिएपछि यसले प्रयोगकताृहरुमाझ हलचल ल्याइदिएको छ । समाचार अनुसार मर्सिसाइड बीचमा परिवारको साथमा घुम्न गएकी क्रिस्टी जोन्स नामकी महिलाले यो कंकाल फेला पारेकी थिइन् ।

क्रिस्टीले लिभरपुल इकोसँग कुरा गर्दै आफू १ जूनका दिन परिवारसँग पिकनिकको लागि यहाँ आएको बताइन् । उनी परिवारको साथमा समुद्र किनारमा रमाइलो गरिरहेकी थिइन् त्यही बेला उनको दृष्टि समुद्र किनारमा रहेको निकै अनौठाृ चीजमा पर्यो । उनी यसलाई देखेर निकै अचम्ममा परेकी थिइन् । यस्तो चीज उनले पहिले कहिल्यै देखेकी थिइनन् । त्यहाँ हड्डीको एक ढाँचा थियो जो निकै अनौठो आकारको थियो ।

क्रिस्टीका अनुसार यो मानिसजस्तो पनि थियो र माछाजस्तो पनि थियो । यसको तलको भागमा माछाको जस्तो देखिने पुच्छर पनि थियो । यसलाई ध्यानपूर्वक हेरेपछि आफूहरुलाई यो जलपरीको कंकाल हुन सक्ने महसुस भएको क्रिस्टीले बताइन् । उनका अनुसार उनको पूरै परिवार यो कंकाल देखेर अचम्ममा परेका थिए । उनका छोराछोरीहरु पनि यो कंकाल कसको हो भनेर जान्न निकै उत्सुक थिए ।

यद्यपि अझैसम्म पनि यो कंकालको वास्तविकता रहस्यमै छ । यसको जानकारी पाएपछि अधिकारी त्यहाँ गएका थिए । उनीहरुले कंकाल लिएर जाँच सुरु गरेका छन् । आधिकारिक रुपमा यो कंकाल केको हो भन्ने अझै पनि पुष्टि हुन सकेको छैन । वैज्ञानिकहरुले यसका विषयमा अनुसन्धान गरिरहेका छन् । विशेषज्ञहरुले भने यो कंकाललाई अहिले नै जलपरीको कंकाल भन्न उचित नहुने बताउँदै यो सम्भवतः मानिसको आकृतिसँग मेल खाने कुनै माछाको प्रजाति हुन सक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस