प्रहरीलाई १०० मा आएको त्यो फोन, विदेशबाट फर्केका बुवाका साथीले नै छोरीलाई…. !

घटना बिहीबार रातिको हो। करिब ७ : २७ बजे जिल्ला प्रहरी कार्यालय सप्तरीको कन्ट्रोल १०० मा फोनको घण्टी बज्यो। राजविराजबाट १४ वर्षीया बालिकालाई अ’पह’रण गरेर लगेको कसैले फोनबाट प्रहरीलाई खबर गर्‍यो। कन्ट्रोलले घटनाबारे बढीभन्दा बढी बुझ्ने प्रयास गर्‍यो। रातो रङको अपाची मोटरसाइकलमा ३०/३५ वर्षीय अपरिचित व्यक्तिले बालिकालाई राजदेवी मन्दिर, पोखरेल टोल हुँदै उत्तरतर्फ लगेको जानकारी आयो। कन्ट्रोलले सञ्चार शाखालाई बतायो। सञ्चार शाखाले तत्कालै सबैतिर घटनाबारे जानकारी दियो।

यो खबर एसपी, डीएसपी, इन्स्पेक्टर सबैको वाकिटकीमा सुनियो। एसपी राजेन्द्रप्रसाद धमलाले घटना तत्काल भएको जानकारी पाएपछि सबै नाकामा कडाइ गर्न र चेकजाँच गर्न निर्देशन दिए। उनले आधा घण्टामा परिणाम ल्याउन पनि कडा निर्देशन दिँदै सम्पर्क र निर्देशनमा व्यस्त रहे। प्रहरी कार्यालयबाट डीएसपी माधवप्रसाद काफ्ले र इन्स्पेक्टर रामसागर सिंहको छुट्टाछुट्टै टोली निक्लियो।

राजविराजबाट ९ किलोमिटर उत्तर रूपनी नजिक पुगेका आरोपितको प्रदेश २–०३–०१३ प–४६८२ नम्बरको रातो रङको मोटरसाइकल र बालिकालाई समेत देखेपछि इलाका प्रहरी कार्यालय रूपनीको टोलीले शंका लागी घेराउ गर्‍यो। बालिकालाई प्रहरीले नै नाम र ठेगानासहित सम्बोधन गर्दै जानकारी माग्यो।

बालिकाले हो भन्नासाथ प्रहरीले आरोपितलाई नियन्त्रणमा लियो। जिल्ला प्रहरी कार्यालयमा छोरीको खोजीको याचना गर्दै बसेका बालिकाका आमाबुवालाई सान्त्वना दिइरहेका प्रहरीले बालिका फेला परेको र आरोपित पक्राउ परेको खबर सुनाए। वाकीटकीमा प्रहरीहरूबीच भएको कुराकानी सुनेपछि मात्र बालिकाले आफू अ’पहर’णमा परेको थाहा पाइन्।

बालिकाले बताएअनुसार बिहीबार साँझ बालिकाका आमाबुवा औषधोपचारका लागि घरबाहिर निक्लिएका थिए। सोही मौका छोपी आएका अपरिचित व्यक्तिले विदेशबाट आएको बुवाको साथी भन्दै आँगनमा १५ मिनेटसम्म ७० वर्षीय हजुरबुवा र ६८ वर्षीय हजुरआमासँग कुरा गरे।

आरोपितले शुक्रबार आफ्नो नयाँ घरबासको भोज भएकाले निम्तो मान्नका लागि घर हेरेर फर्किनु भन्दै बालिका र उनका १६ वर्षीय दाजुलाई छतबाट बोलाए। बुवासँग फोन गरेजस्तो नक्कल गरी विश्वास दिलाए। बालबालिकाले हजुरबुवा, हजुरआमासँग आँगनमा निकैबेर कुरा गरेको देखेर चिनजानकै होला भन्ठाने। वृद्धवृद्धाले पनि छोराको साथी भन्ने विश्वासमा परेर घर हेरेर फर्किहाल्नु भन्दै पठाए। केही बेरमा घर फर्केका बालिकाका बुवाआमाले कुनै साथीलाई लिन घर नपठाएको र कोहीसँग फोनमा समेत कुराकानी नभएको बताएपछि वृद्धवृद्धा पछुतो मान्दै चिन्तामा परे। उनीहरू सपरिवार जिल्ला प्रहरी कार्यालयमा पुगेर घटनाबारे बेलिविस्तार लगाए।

बालिकाका दाजुलाई राजविराज–३ स्थित जिल्ला भूमिसुधार कार्यालय अगाडि एउटा घर देखाउँदै आरोपितले बस्दै गर्नु भनेर ओराले र बालिकालाई कपडा किनिदिने र वरिपरिलाई निम्तो दिएर फर्किने भन्दै लगे। यो समाचारअन्नपूर्ण पोस्टमा मनोहर पोख्रेलले यो समाचार लेखेका छन् । फाइल तस्विर

प्रतिक्रिया दिनुहोस