यहीँ हप्ता औँसीको दिन लाग्दैछ सूर्यग्रहण : यी ४ राशिमा पर्नेछ अशुभ प्रभाव, रहनुस् सावधान

काठमाडौँ : हिन्दु पञ्चाङ्ग अनुसार बि.सं २०७८ को पहिलो सूर्यग्रहण ज्येष्ठ कृष्णपक्षको औंसी तिथिमा लाग्दैछ। ग्रेगोरियन क्यालेन्डर अनुसार ज्येष्ठको औँसी तिथि १० जुनमा पर्नेछ भने नेपाली क्यालेन्डर अनुसार जेठ २७ गते बिहिबारको दिन औँसी पर्छ।

यसैदिन शनि जयन्ती पनि परेको छ। यो वर्षको यो सूर्यग्रहण दोस्रो ग्रहण हुनेछ किनकी यस अघि जेठ १२ गते बुद्ध पूर्णिमाको दिन वर्षकै पहिलो चन्द्रग्रहण लागेको थियो।

यद्यपि यो पहिलो सूर्यग्रहण हुनेछ। ज्योतिष विज्ञान अनुसार सूर्य ग्रहणको शुभ र अशुभ प्रभाव सबै राशिहरुमा अलग-अलग रुपमा पर्नेछ। यस सूर्य ग्रहणले कुन-कुन राशिमा अशुभ प्रभाव पार्नेछ त ?

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :यो सूर्य ग्रहण वृष राशिमा लाग्दैछ। यसकारण यस राशिका जातकले यो ग्रहणको अशुभ प्रभावबाट बच्नको लागि विशेष ध्यान दिन आवश्यक छ। यस राशिका जातकले स्वास्थ्य सम्बन्धी समस्या सामना गर्नुपर्नेछ। धन हानि हुन् सक्छ। यसकारण यस राशिका जातकले यस समयावधिमा आर्थिक लेनदेन नगरेकै वेश हुनेछ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :यो सूर्य ग्रहण मिथुन राशिका जातकको लागि शुभ छैन। यस राशिका जातकले व्यापारमा हानि-नोक्सानी ब्होर्नुपर्नेछ। आर्थिक सङ्कट आइपर्नेछ। यसकारण कुनै पनि प्रकारका लेनदेन नगर्नुहोला। अधिक मेहनत गरेपछि मात्र सफलता हात लाग्नेछ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :तुला राशिका जातकको लागि यो सूर्यग्रहण खासै अनुकूल छैन। यो सूर्यग्रहणले तपाईको जीवनमा अनेक समस्याहरु ल्याउनेछ। थुप्रै सङ्कटहरुको सामना गर्नुपर्नेछ। व्यापार र जागिरमा समस्या आउनेछन्। मन अशान्त रहनेछ। दाम्पत्य जीवनमा तनाव आउनेछ। जीवन साथसँग भरपूर समय व्यतीत गर्नुहोला।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :यो सूर्य ग्रहण मिथुन राशिका लागि पनि अशुभ प्रभाव लिएर आउनेछ। यस अवधिमा यस राशिका जातक सावधान रहनुपर्नेछ। स्वास्थ्य र व्यापारको मामिलामा यस राशिका जातकको लागि यो सूर्यग्रहण उचित छैन। मानसिक तनाव बढ्नेछ। यो अवधिमा कुनै नयाँ काम नगर्नुहोला। असफलता हात लाग्नेछ।

प्रतिक्रिया दिनुहोस