एक महिलाको शरिरबाट निकालियो तीन हजारवटा पत्थरी निकालेपछि …

एजेन्सी, १५ साउन । तपाईंले सामान्य तया पत्थरी अप्रेशनमा पाँच सात वटा वा १०–१२ वटा ढुंगा भएको सुन्नु भएकै होला । तर एक जना महिलाको मृगौलाबाट करिब तीन हजारवटा पत्थरी निकालिएको छ भन्दा पत्याउनै गाह्रो होला ।

तर चीनको जियाग्सु प्रान्तमा एक अचम्मको घटना सार्वजनिक भएको छ । उक्त प्रान्तमा एक महिला ढाडको समस्याले पीडित थिइन् । जब उनी उपचारका लागि अस्पताल पुगिन् तब चिकित्सकहरुले उनको मृगौलाबाट २ हजार ९ सय ८० वटा पथरीका डल्ला निकाले । चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार ५६ वर्षीय ती महिलाको ढाड दुख्ने समस्या तथा ज्वरो आएको थियो ।

उनी उपचारका लागी चाङझोउस्थित बुजिन अस्पताल पुगेकी थिइन् । अस्पतालमा जाँचका क्रममा उनलाई पत्थरी भएको पत्ता लागेको थियो । रिपोर्टहरुका अनुसार ती महिलाको किड्नी पथरीमा ठूलो मात्रामा फेला परेको थियो । यो अप्रेशन गर्दा चिकित्सहरुसमे आश्चर्यमा परेका थिए । डाक्टरहरुलाई पत्थरी गन्न एक घन्टाको समय लागेको समाचारमा जनाईएको छ ।

ती महिलाको नाम भने अहिलेसम्म सार्वजनिक गरेको छैन । शरीरबाट पत्थरी निकाल्ने रेकर्ड अहिलेसम्म भारतका एक नागरिकको नाममा थियो । भारत महाराष्ट्रका धनराज वाडिलेको शरीरबाट १ लाख ७२ हजार १ सय ५५ पत्थरी निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस