को-रोना संक्रमित भएकाहरुले भाईरससँग लड्न कस्तो खानेकुरा खानु उपयोगी हुनेगर्छ त ? डा. हेमराज कोइराला

को-रोना संक्रमित भएकाहरुले भाईरससँग लड्न कस्तो खानेकुरा खानु उपयोगी हुनेगर्छ त ? डा. हेमराज कोइराला । को-रोना भाइरस विरुद्ध हाल सम्म कुनै खास औषधि र खोप उपलब्ध छैन । त्यसैले अब यो कसरी नियन्त्रणमा आउनेछ भन्ने कुरा रहस्यकै गर्भमा छ ।

यद्यपि जसको प्रतिरक्षा प्रणाली बलियो छ उसलाई यो रोगले उति धेरै ग्रसित बनाउन सक्दैन । मृ- त्युको जोखिम पनि रहँदैन ।यसको ठीक विपरित प्रतिरक्षा प्रणाली कमजोर भएकाहरूलाई यो रोगले बढी नै सताउने एवं ज्यानै पनि जान लिने जोखिम रहन्छ । तसर्थ को- रोना भाइरससँग जुध्नका लागि एउटै सर्त हो, प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनु:-

१) अंकुरित गेडागुडी:- अंकुरित गेडागुडीलाई अमृत भोजन पनि भन्ने गरिन्छ । स्वास्थ्यलाई लाभ पु-याउने अनेकौ तत्वहरू भएकै कारणले यसलाई अमृत समान मानेर अमृत भोजन भनिएको हो । अंकुरित गेडागुडीमा प्रसस्त मात्रामा एण्टिअक्सिडेण्ट पाईन्छ । एण्टिअक्सिडेण्टले भाईरस संक्रमण पछि क्षतिग्रस्त भएको कोषहरूको पुनर्निर्माण गर्ने गर्दछ । यसैगरी अंकुरित गेडागुडीमा नउम्रिएको गेडागुडी भन्दा धेरै मात्रामा प्रोटिन, फोलिक अम्ल, एमाईनो अम्ल, भिटामिन सि, भिटामिन के, म्याग्नेसियम, फस्फोरस, म्याग्निज जस्ता खनिज तत्वहरू पाईन्छन् । यी तत्वहरूको प्रयोगले को-रोना भाईरसको संक्रमण कम गर्न सहयोग गर्दछ ।

२) लसून:- लसुनको औषधिय एवं रोग प्रतिरोधक गुणलाई थाहा पाएर नै हाम्रा पिता पुर्खाहरूले औषधि एवं मसलाको रूपमा युगां देखि प्रयोग गर्दै आएका हुन् । रुघा लाग्दा, चिसोले सताउँदा, पाचन क्षमतामा गडबडी हुदाँ लसूनको प्रयोग गर्ने गरेको पाइन्छ । यसरी औषधिय गुुुण हुनुमा लसुनमा विद्यमान क्याल्सियम, पोटासियम, एण्टि–अक्सिडेण्ट र सल्फर कम्पाउण्डहरू पाईन्छन । यी सल्फर कम्पाउण्डहरूले सूक्ष्मजीवहरूको आक्रमणलाई निस्तेज गर्न महत्वपूर्ण भूमिका खेल्दछ तर यी कम्पाउण्डहरू तापको प्रयोगले नष्ट हुनेखालका भएकाले काँचो लसूनको प्रयोग पकाएको भन्दा उत्तम हो । यसका अवावा लसूनले उच्चरक्तचाप कमगर्न, कालेस्टेरोल सन्तुलित राख्न एवं परजीवीहरू न-ष्ट गर्न मद्दत गर्दछ ।

३) ग्रीन टि:- ग्रीन टिको सेवनले प्रतिरक्षा प्रणालीलाई सवल बनाउँछ । यसमा पर्याप्त एन्टिअक्सिडेन्ट र एपि-ग्यालो-क्याटाचिन-ग्यालेट नामक द्रव्य पाईन्छ । यी दुबै द्रब्यहरू प्रतिरक्षा प्रणालीलाई मजबुत गर्नका लागि आवश्यक तत्वहरू हुन । साथै अन्य जडिबुटी चिया पनि उपयुक्त हुन्छ ।

४) रातो भेडे खोर्सानी:- हामी सबैले अमिला फलफूल भिटामिन सी को राम्रो श्रोतको रूपमा बुझेका छौं तर अमिला फलफूल भन्दा रातो भेडेखोर्सानीमा भिटामिन सी को मात्रा दोब्बर हुन्छ भन्ने तथ्य धेरैलाई थाह नहुन सक्छ । भिटामिन सी का अतिरिक्त रातो भेडेखोर्सानी बीटा क्यारोटीन, क्यालसियम, म्याग्नेसियम, भिटामीन बी कम्प्लेक्सेसको पनि राम्रो श्रोत हो । यी द्रव्यहरूले प्रतिरक्षा प्रणालीलाई मजबुत गर्न सहयोग गर्दछ ।

५) मेवा:- मेवा भिटामिन सी र भिटामिन ए ले भरपुर फलफूल हो । एउटा मध्यम आकारको मेवामा हाम्रो शरीरलाई दैनिक चाहिने भन्दा डेढ गुणा ज्यादा भिटामिन सी पाईन्छ । भिटामिनका अलावा मेवामा माछामासुमा पाईने कठिन प्रोटिनलाई पचाउन सक्ने प्यापिन नामक ईन्जाइम पनि पाईन्छ । मेवामा पोटासियम, भिटामिन ए, भिटामिन बी कम्प्लेक्सेस र फोलिक अम्ल पनि पाईन्छ । यी सबै भिटामिन, खनिज, लवण एवं एण्टीअक्सीडेण्टले प्रतिरक्षा प्रणालीलाई सबल एवं मजबुत बनाउन एवं भाईरस संक्रमणलाई निस्तेज गर्न सहयोग गर्दछ ।

६) अदुुवा:- घाटी दुख्दा, जोर्नी दुख्दा, घाउ खटिरा आउँदा, प्रदाह एवं शोथ ग्रस्त हुँदा अदुवाको प्रयोग सदियौंदेखि हुँदै आएको हो । अदुवामा जिन्जीरोल नामक यौगिक पाईन्छ । जिन्जीरोलले दीर्घकालिन पीडा कमगर्नुका साथै प्रदाह एवं शोथलाई पनि कम गर्न मद्दत गर्दछ ।

७) पालुङ्गो:- पालुङ्गो हरेक भान्सको चाहना हो । प्रचूर मात्रामा भिटामिन ए, बी कम्प्लेक्सेस, सी, आईरन, म्याग्निसियम, पोटासियम जस्ताखनिज एवं लवण हरूले भरपूर पालुङ्गो एण्टिअक्सिडेण्टको राम्रो श्रोत पनि हो । यी द्रव्यहरूले प्रतिरक्षा प्रणालीका कोषहरूलाई सक्रिय बनाउन मद्दत गर्दछ । ब्रोकाउली जस्तै पालुङ्गोमा भएका द्रव्यहरू पनि तापले न-ष्ट हुने खालका भएकाले यसलाई पकाउँदा कम तापमा पकाउनु पर्ने हुन्छ ।

८) ब्रोकाउली:- ब्रोकाउली भिटामिन ए, बी, सी, ई एण्टिअक्सिडेण्ट, रेशा एवं चोकर र खनिज एवं लवणहरूले भरपूर तरकारी हो । ब्रोकाउलीमा प्रचूर मात्रामा (१०० ग्राममा ८९ मि.ग्रा.) भिटामिन सी पाइने हुदाँ यसले प्रतिरक्षा प्रणालीको विकासमा खास सहयोग गर्छ ।

९) फर्सीको बियाँ:- फर्सी हाम्रो भान्साका लागि नौलो तरकारी हैन तर हामीले फर्सीको बियाँ खाने गरेका छैनौं । वास्तवमा फर्सी भन्दा फर्सीको बियाँ कयौ गुण पौष्टिक छ । फर्सीको बियाँमा प्रचूर मात्रामा प्रोटीन, खनिज, लवण, एण्टिअक्सिडेण्ट, ओमेगा ६ फ्याट्टी अम्ल, भिटामिन ई जीङ्क, कपर, म्याग्निस एवं म्यागनेसियम पाइन्छ । यी तत्वहरूले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँदछ ।

१०) बदाम:- बदाम भिटामिन ई ले भरपुर द्रव्य हो । भिटामिन ई प्रतिरक्षा प्रणालीका लागि आवश्यक तत्व हो ।

११) स्याउ:- स्याउलाई फलहरूको राजा त्यसै भनेको होइन । स्याउमा अनेकौ प्रकारका सूक्ष्म पोषक तत्वहरू छन् । भिटामिन ए, बी, सी का अलावा स्यााउमा घुलनशिल रेशा एवं एण्टिअक्सिडेण्टहरू पनि पाईन्छ । स्याउमा पाइने पेक्टिन नामक घुलनशिल रेशाले पेटमा विद्यमान राम्रा ब्याक्टेरियाहरुलाई पोषण प्रदान गर्दछ जसले पेटमा हुने संक्रमणसंग लड्ने एवं प्रतिरक्षा प्रणालीको कोषहरूको कार्य कुशलतामा सहयोग गर्छ ।

१२) अमिला फलफूल:- कागती, अमला, मौषमी, जुनार, भोगटे, निबुवा, बिमीरो र सुन्तला जस्ता अमिला फलफूलमा प्रचूर मात्रामा भिटामिन सी पाईन्छ । भिटामिन सी प्रतिरक्षा प्रणालीका कोषहरू उत्पादनका लागि आवश्यक यौगिक हो । रूघामर्की, सर्दी,चिसोको एलर्जी, झाडापखाला, न्यूमोनिया, औलो ज्वरो जस्ता रोगहरूलाई चाडो टिक गर्न पनि भिटामीन सी ले महत्वपूर्ण भूमिका खेल्दछ ।

प्रतिक्रिया दिनुहोस