अनुहारको कोठी मन परेन ? यी घरेलु उपायबाटै यसरी सकिन्छ हटाउन

कोठीलाई जोडेर हामी सम्बन्धित व्यक्तिको प्रवृत्ति, भाग्य केलाउने गछौं। भलै त्यसको वैज्ञानिक पुष्टि हुन नसक्ला।

कोठी कहिले अनुहारको सौन्दर्य बन्छ, कहिले बाधक। अनुहारमा अमिल्दो कोठी छ भने त्यसले समग्र अनुहार नै नराम्रो देखाउँछ । हुन त, कोठी आफैमा समस्या होइन । यद्यपी यसले सौन्दर्यमा भने खोट लगाउन सक्छ।कोठी जन्मजात आउन सक्छ। कतिपय अवस्थामा पनि देखापर्छ। यो कालो वा खैरो रंगको हुन्छ। ओंठको नजिकै कोठी छ भने त्यसले अनुहारको आकर्षण बढाइदिन्छ। तर, यदि कोठी ठूला र संख्या धेरै भयो भने त्यो राम्रो देखिदैन।शरीरका कुनै पनि भागमा कोठी, मुसा र दाग-धब्बा हुन सक्छन्। औषधि वा शल्यक्रिया गरेर यसबाट छुटकारा पाउन सकिन्छ। यसका साथै केही घरेलु विधिहरुबाट पनि कोठी र मुसा हटाउन सकिन्छ।

किन आउँछ कोठी ?

१) पेपिलोमा भाइरसका कारण छालामा कोठी तथा मुसा निस्किन्छन्। बढ्दो उमेरका साथ मुसाको समस्या उत्पन्न हुन सक्छ। तर, आजकाल कम उमेरका मानिसहरुमा पनि यो देखिन थालेको छ।२) कोठी वा मुसा जन्मजात पनि हुन सक्छ।३) सुगर, मोटोपना, गर्भावस्था र स्टेराइडको अधिक प्रयोगको कारणले अनुहारमा कोठी र मुसा बढ्न सक्छन्।कसरी हटाउने त कोठी ?

तल उल्लेख गरिएका उपायहरु प्रयोग गर्नुभन्दा अगाडि आफ्नो अनुहारलाई राम्ररी धुनुपर्छ ।

– अनुहारमा मुसा धेरै ठूला भएभने तपाईं घोडाको पुच्छरको कपालले मुसालाई बाँध्दा केही समयमा यो र्झछ।– अगरबत्ती बालेर त्यसको जलेको भाग कोठीमा लगाउनुस र तुरुन्तै हटाउनुस। ८-१० पटक यसो गर्दा कोठी सुकेर र्झछ। खाली कोठीमा मात्रै अगरवत्तिले पोल्ने।– अनुहारबाट मुसा वा कोठी चाँडै हटाउनका लागि एलोबेरा जेलको प्रयोग गर्न सकिन्छ।– कपासको उनलाई भिनेगरमा डुबाएर मुसामा लगाउनु र १५ मिनेटपछि मनतातो पानीले अनुहार धुनुपर्छ । केही दिनभित्रै अनुहाबाट कोठी र मुसा गायब हुन्छन्।

– गुलाब जलको एक बोतललाई घाममा सेकाउने । यसपछि तातो गुलाबजललाई अनुहारमा लगाउने । यसबाट अनुहारको रौं छिद्रहरुमा रहेको फोहोर पनि बाहिर निस्किन्छ र अनुहारको छाला सफा हुन्छ।बारम्बार मुस्सा पलाउने समस्या छ भने यो उपाय एकदम प्रभावकारी हुन सक्छ । तातो गुलाब जललाई अनुहारमा १५ मिनेट राखेपछि तातोपानीले मुख धुनुपर्छ ।– लसुनको कल्ली छिलेर काट्ने । अनि, यसले कोठी वा मुसामा रगड्नुपर्छ । लगातार यो प्रयोग दोहोर्‍याउँदा अनुहारबाट कोठी र मुसा भागाभाग हुन्छन्।– आलुको एउटा टुक्रा काटेर मुसामा रगड्ने । दिनमा ४९५ पटक यसो गर्दा मुसा गलेर झर्नेछ।– ताजा भुईंकटहर काटेर त्यसको एउटा टुक्राले मुसामा रगड्दा मुसा चाँडै गायब हुन्छ।

– बरको पातको रस मुसा र कोठीको उपचारका लागि निकै फाइदाजनक हुन्छ । यसबाट छाला मुलायम हुन्छ र मुसा र्झछ ।– हरियो धनिया पिसेर लगाउँदा पनि मुसा नरम भएर झरेर जान्छ।– कपासको उनलाई प्याजको रसमा भिजाएर कोठी र मुसामा लगाउने। आधा घन्टा यसलाई लागिरहन दिने र फेरी चिसो पानीले धुनुपर्छ । यसको प्रयोग दैनिक २९३ पटक गर्दा मुसाबाट छुटकारा मिल्छ।– राति सुत्नुभन्दा अगाडि बेकिङ सोडा र अरन्डीको तेल मिलएर अनुहारका कोठी र मुसामा लगाउनु। बिस्तारै बिस्तारै यी सबै गायब हुन्छन्।

– कोठीको उपचारका लागि अमिलो दहीले १० देखि १५ मिनेटसम्म मसाज गर्ने। फेरि अनुहार धुनुपर्छ। त्यसपछि ग्लिसरिन र गुलाब जल बराबर मात्रामा मिलाएर अनुहारमा मसाज गर्नुपर्छ। अनुहारलाई फेरि पखाल्नुस । यस विधिबाट कोठी, मुसा र डण्डीफोर गायब हुनेछन्।– मुसामा नेलपोलिस लगाएर केही बेरपछि सफा गर्ने। दिनमा २–३ पटक यसो गर्दा मुसा झर्नेछ।– अनुहारको कोठी र डण्डीफोरमा मह लगाउँदा पनि फाइदा मिल्छ।– केराको बोक्राको भित्रे भाग मुसामा रगड्दा लाभ पाइन्छ।– एस्प्रिनको १ गोली पिस्नुस। यसमा अलिकति पानी मिलाएर पेस्ट बनाउनुस। यो लगाउँदा मुसा झर्नेछ।

प्रतिक्रिया दिनुहोस