राति सुत्दा खुट्टाको पैताला भतभत पोल्ने समस्याले सताएको छ ? यस्ता छन् घरेलु उपचार

राति सुत्दा कोही-कोहीलाई पैतला भतभत पोल्ने समस्याले सताउँछ। धेरैले यस समस्यालाई गम्भीरतापूर्वक लिँदैनन्। आफैँ निको हुन्छ भनी ठान्छन् । तर, यस्तो समस्या भएमा लापरबाही गर्नु हुँदैन । यसले शरीरका बाँकी भागमा पनि समस्या उत्पन्न गर्न सक्छ ।

यस्ता छन् पैतला पोल्नुका कारण
-शरीरमा भिटामिन ‘बी’, फोलिक एसिड वा क्याल्सियमको कमी हुँदा पैतला पोल्ने समस्या देखिन्छ।-उच्च रक्तचाप भएकालाई पनि पैतला भतभताउने समस्या हुन्छ। रक्तचाप उच्च हुँदा रक्तसञ्चारमा समस्या हुन सक्छ ।– जसले गर्दा छालाका रङमा बदलाव, हातखुट्टाको तापमानमा कमी रहन्छ। यसै कारण पैतला पोल्न गर्छन्।-मिर्गौलासम्बन्धी समस्या भएकाहरूका पनि पैतलामा जलन हुने गर्छ।-थाइरोइड हर्मोनको लेभल कम हुँदा पनि पैतला पोल्छ। साथै, औषधिको साइडइफेक्ट हुँदा, एचआईभीको औषधि खाँदा र किमोथेरापी गर्नेहरूलाई पनि पैतलामा जलन हुन्छ।

यस्ता छन् घरेलु उपचार:
पैतलामा जलन हुँदा सिरे नुन फाइदाजनक छ । एउटा भाँडोमा मनतातो पानी हालेर त्यसमा आधा कप सिरे नुन मिसाउने । १० देखि १५ मिनेटसम्म खुट्टा त्यसमा डुबाउने ।केही समयसम्म नियमित यस्तो गरिरहँदा समस्या हट्छ । मधुमेह, उच्च रक्तचापलगायत समस्या भएकाहरूले यो उपाय अपनाउनुअघि चिकित्सकसँग सल्लाह लिनुपर्छ ।-शाकाहारी खानेकुरा खानेले दूध, दही, पनिरलगायत दुग्ध पदार्थ नियमित खानुपर्छ। प्रोटिनयुक्त खानेकुरा खानुपर्छ। मांसाहारीहरूले अण्डा, माछा, चिकन, सी फुडबाट भिटामिन बी प्राप्त गर्न सक्छन् ।-लौका काटेर त्यसको गुदी पैतलामा दल्नाले पनि राहत मिल्छ ।-बेसारमा पाइने एन्टी ब्याक्टेरियल तत्वले पनि यस समस्याबाट छुटकारा दिलाउँछ ।

प्रतिक्रिया दिनुहोस