थप ५२२५ जना संक्रमणमुक्त, ३७५० जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ३७५० जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ९५९८ जनाको परीक्षण गर्दा २७०९ जनामा र एन्टिजेन विधिबाट ५ हजार ५८४ जनाको परीक्षण गर्दा १०४१ जनामा संक्रमण पुष्टि भएको हो ।यही अवधिमा थप ५२२५ जना संक्रमणमुक्त भएका छन् भने ६७ जनाको ज्यान गएको छ । उता को’रोना भाइरस संक्रमणदर आशातित रुपमा नघटेपछि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप्ने तयारी भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु निषेधाज्ञा थप्ने विषयमा छलफलमा जुट्नु भएको छ ।

संक्रमणदर न’घेटेकाले अझै केहीदिन निषेधाज्ञा थप्न विज्ञहरुले सुझाव दिएकाले के गर्ने भन्ने विषयमा छलफल चलिरहेको एक प्रजिअले जानकारी दिनुभयो । ‘हामी छलफलमानै छौ, विज्ञहरुको सु’झावअनुसार नै निर्णय हुन्छ होला तर निषधाज्ञा केही खुकुलो हुनेछ, उहाँले भन्नुभयो ।’उहाँका अनुसार ७ दिन निषेधाज्ञा थप्ने तयारी भएको छ ।उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी छ ।

बहुमत सांसदसहित मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुखकहाँ पुगे गण्डकीका विपक्षी
गण्डकी प्रदेशका विपक्षी सांसदहरू नयाँ सरकार दाबी गर्न प्रदेश प्रमुख सीताकुमारी पौडेलकहाँ पुगेका छन्।आजै प्रदेश प्रमुखले २४ घन्टाको समय दिएर नयाँ सरकार गठन आह्वान गरेकी थिइन्।नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई भावी मुख्यमन्त्री बनाउन ३१ जना सांसद अहिले प्रदेश प्रमुखकहाँ पुगेका छन्।कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा र राजिव गुरूङसहित ३१ जना सांसद प्रदेश प्रमुखकहाँ पुगेका हुन्। ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमत पुग्न ३१ जना चाहिन्छ।

प्रतिक्रिया दिनुहोस