BREAKING NEWS :प्रधानमन्त्री ओलीलाई लाग्यो ठूलो धक्का

सर्वोच्च अदालतले नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई वैधानिकता दिन अस्वीकार गरेको छ । प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष ओलीलाई ठूलो झट्का लागेको छ ।ओलीलाई विहिवार दुई घटनावाट ठूलो झट्का लागेको छ । गण्डकी प्रदेशमा उनका निकै निकट मानिएका पृथ्वीसुब्बा गुरुगंले विश्वासको मत लिन नसक्दा एमाले सरकार ढलेको छ भने सर्वोच्च अदालतले पनि उनले गठन गरेको एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएर राजनीतिक जिवनमा ठूलो धक्का लागेको छ ।

यससँगै एमाले, माधवकुमार नेपाल समूहले माग गरे जस्तै २ जेठ २०७५ को अवस्थामा फर्किनुपर्ने भएको छ । सर्वोच्च अदालतले तत्कालिन नेकपा भंग गरिदिएपछि ओलीले एकलौटी रुपमा एमाले पुनर्गठन गर्दै आफ्ना पक्षका नेताहरुलाई समेटेर आयोजक कमिटी बनाएका थिए ।माधव नेपाल समुह त्यो निर्णय विरुद्ध संघर्षमा छ । माधव नेपाल समुहले राख्दै आएको यहि माग पुरा नगरेका कारण अहिले सो समुह नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग राख्दै सर्वोच्च अदालतमा हस्ताक्षर बुझाउन पुगेका छन् । पार्टी समेत फुटको संघारमा पुगेको छ ।

भारतीय सीमामा सके ठूलो पर्खाल लगाऔँ नभए तारबार लगाऔँः सांसद हाङगाम

नेपाली कांग्रेसका नेता एवं प्रदेश नम्बर एकको प्रदेशसभा सदस्य प्रतापप्रकाश हाङगामले भारतीय सीमा क्षेत्रमा ठूलो तारबार र पर्खाल लगाउनुपर्ने बताउनुभएको छ । प्रदेश-१ सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा उहाँले भनुभयो, ‘‘हामी देश मिच्यो भन्छौ। लिम्पियाधुरा मिचेको कुरा पाहोर पनि चलायौँ । हाम्रो प्रदेश पनि सीमानामै पर्छ, ठूलो पर्खाल लगाउन नसकेपनि एउटा तारबार चाँहि सीमानामा राख्नुपर्छ ।’ यसअघि उहाँले सीमा मिच्नेलाई लखेट्नुपर्छ भन्दै गत वर्ष अभिव्यक्ति दिनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस