विज्ञहरुको सुझाब –‘केही महिनापछि कोरोनाको तेस्रो लहर’ आउदै बालबालिकाको लागि बेड छुट्याउनुका लागि अस्पतालहरुलाई अनुरोध

काठमाडौं– नेपालमा अबको केही महिनापछि कोरोनाको तेस्रो लहर सुरु हुने विज्ञहरुको अनुमान छ । तेस्रो लहरले बालबालिकालाई बढी असर गर्ने बताएपछि अस्पतालहरुले बालबालिकाको लागि बेड छुट्याउनुका साथै आवश्यक स्वास्थ्य सामाग्रीको तयारीमा जुटेका छन् ।

सरकारले विशेष प्राथमिकतामा राखेर बालबालिकाका लागि आवास्यक स्वास्थ्य सामाग्री ल्याउन सुरु गरेको छ । नेपालमा केही महिना पछि सुरु हुने कोभिड १९ को तेस्रो लहरले बालबालिकालाइ असर गर्ने विज्ञहरुको अनुमानपछि सरकारले पूर्व सावधानी अपनाउँदै बालबालिकाको लागि स्वास्थ्य सामाग्री ल्याउन सुरु गरेको हो । त्यस्तै विशेषज्ञ सेवा उपलब्ध हुन नसक्ने अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई समेत अभिमुखीकरण गर्ने काम सुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

केही दिन अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो र चौथो लहर आउन सक्ने र यी लहरमा बालबालिका बढी जोखिममा पर्ने सम्भावना रहेको भन्दै आवश्यक तयारी गर्न अस्पतालहरुलाई निर्देशन दिएको थियो । त्यसै अनुसार अस्पतालहरुले समेत पूर्व सावधानी अपनाउँदै तयारी गरिरहेका बताएका छन् ।

वयस्क व्यक्तिको तुलनामा बालबालिकाको लागि औषधिको मात्रा, आईसीयू , भेन्टिलेटर, क्यानुला, ट्युव लगायतका स्वास्थ्य सामाग्रीहरु बालबालिकाको उमेर अनुसार फरक फरक आकारको तयारी गर्नुपर्ने हुन्छ । स्वास्थ्य मन्त्रालयले देशभरका सबै अस्पताललाई २० प्रतिशत शैय्या कोभिड संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस