शनि क्रोधित हुँदा घरमा आइपर्छ यस्तो आपत, तुरुन्तै अपनाउनुहोस यी उपाय!

हिन्दु धर्म ग्रन्थमा शनिदेवलाई सूर्यपुत्र भनेर चिनिन्छ। ज्योतिष शास्त्रको अनुसार समस्त ग्रहमध्ये यिनमा न्याय गर्ने अधिकार निहित छ। मानिसलाई यस ग्रहले कर्मको हिसाबले दण्ड दिन्छ। यसकारण जुन जातक माथि शनिदेवको वक्र दृष्टि पर्छ, उसको जीवन तहसनहस हुन्छ।शनिदेव बिस्तारै चाल चाल्छन्, यसकारण यिनको दशा पनि साढे सात वर्षको हुन्छ। पुराणमा शनिदेवको महिमाको उत्कृष्ट तवरले वर्णन गरिएको छ। शनिदेवले शुभ स्थितिमा कुनै गरिब दरिद्रलाई राजा पनि बनाउन सक्छ भने यदि कुण्डलीमा उनको स्थिति राम्रो भएन भने राजालाई पनि भिखारी बनाउने सक्ने सामर्थ्य राख्छन् ।

शनिदेवको स्थिति तपाईको कुण्डलीमा कस्तो छ त्यो त एक कुशल ज्योतिषशास्त्रीले नै बताउँन् सक्छ। तर यस बाहेक जीवनमा केही घटना-दूर्घटना घटेमा, त्यसले पनि तपाई माथि शनिदेवको प्रभाव कस्तो छ भन्ने बताउन काफी हुन्छ।यदि न्यायको देवता शनिदेव तपाई देखि क्रोधित छन् भने तपाईको घरबाहिर भित्तामा पीपलको वृक्ष उम्रिन लाग्छ। तपाईले जति पटक उखेलेर फाले पनि त्यहाँ फेरी पीपलको वृक्ष उम्रिन लाग्छ।

एक दिनमा बारम्बार सरसफाई गर्दा पनि यदि तपाईको घरमा माकुरोले जालो बनाइराख्छ भने यसले यो कुराको सङ्केत दिन्छ कि शनिदेव कुनै कारण तपाईसँग रिसाएका छन्। तपाईले उनलाई शान्त र प्रसन्न गर्ने उपाय अवश्य अपनाउनु पर्नेछ।जुन जातक देखेर शनिदेव क्रोधित छन् तिनको घरमा कमिलाले अड्डा जमाउँछ। प्राय: कमिलाले गुलियो खानेकुरा मन पराउँछ तर यस सम्बन्धमा कमिलाले नुनिलो भोजनलाई पनि छोड्दैन। घरलाई चिटिक्क पारेर सफा गर्दा पनि कमिला त्यहीँ रहन्छन्। त्यसकारण यो तपाईको लागि चेतावानी हो कि तपाईले शनिदेवलाई चाँडो भन्दा चाँडो प्रसन्न पार्ने कोशिश गर्न आवश्यक छ।

लाखौँ प्रयास गर्दा पनि यदि तपाईको काम समयमै सम्पन्न हुन्न, तपाईको उन्नतिको सबै द्वारहरु बन्द भईरहेको जस्तो लागिरहेको छ भने यो यस कुराको सङ्केत हो कि शनिदेव तपाईदेखि क्रोधित छन्। साथै बोससँग सम्बन्ध बिग्रिनु, नोकरीमा सधैँ खतरा मडारिनु, नचाहँदा नचाहँदै पनि ट्रान्सफरको स्थिति आउने, यो सबै शनिदेवको क्रोधको सङ्केत हो।शनिदेव क्रोधित हुँदा व्यक्तिको सम्पत्तिसँग सम्बन्धित मामिलामा हारको सामना गर्नुपर्नेछ। उसको जीवनको एक लामो समय सम्पत्तिको लागि अदालत धाउँदा धाउँदै बित्नेछ। यति गर्दा पनि उसले सफलता पाउँदैन्। पैतृक सम्पत्तिको कारण दाजुभाईसँग झगडा हुन सक्छ।

यदि तपाईको घरको भित्ता बारम्बार भत्किन्छ, फेरि बनाउँदा पनि त्यो स्थिर हुँदैन, अझै फेरी पनि बनाउने पर्ने अवस्थामा आएमा यसले शनिदेवको क्रोधलाई दर्शाउँछ।कालो बिरालो तपाईको घरमा बस्न थाल्नु र त्यहीँ बच्चा जन्माउनु र दुईवटा बिरालो सधैँ तपाईको घरमा एकापसमा जुधेर बस्नुले घरमा शनिदेवको कुप्रभाव रहेको दर्शाउँछ। दुइटा बिरालो घरमा जुध्दा घरमा झगडा भईरहन्छ।

प्रतिक्रिया दिनुहोस