अ’नुहारको चाया पो’तो र कालो दा’ग हटेन ? उसोभए यो उ’पाय अपनाएर हेर्नुहो’स्

अनुहारमा देखापर्ने दागले अनुहारको सुन्दरतामा ह्रास ल्याउँछ । प्राकृतिक रूपमा यस्ता दाग हटाउन यी उपाय उपयोगी हुन सक्छन् । अनुहारको दाग हटाई गोरो बनाउने ज्यादै सजिलो घरेलु तरिकाहरु:

१. निमको पातलाई पिसेर लेदो बनाएर लगाउदा छालाको रोग प्रतिरोध क्षमता बढाउँछ । यसले डन्डिफोर हटाउन पनि मद्धत गर्छ।

२. पाकेको केरा मुछेर अनुहारमा लगाउँदा चाउरीपन हटाउँछ र छालालाई कसिलो बनाउँछ ।

३. दूधमा ल्याक्टिक एसिड पाइन्छ । काँचो दूधमा कपास डुबाई अनुहारमा बिस्तारै दल्ने र केही समय त्यसै छोडेर सुकेपछि मनतातो पानीले धुने गर्नुपर्छ ।

४. काक्रोको रसमा बेसार मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ । काँक्रोको पेस्ट, मुल्तानी माटो र रोज वाटरको प्याक बनाएर लगाउँदा अनुहारमा चमक आउँछ ।

५. अनुहारमा घिउकुमारीको रसले मालिस गर्दा अनुहारमा चमक आउँछ र चाउरीपन पनि हराउँछ । घ्यूकुमारीमा छालासम्बन्धी अनेक समस्या समाधान गर्ने गुण हुन्छ । यसका लागि अनुहारमा घ्यूकुमारी दलेर सुक्न दिई धुने गर्नुपर्छ । यसले छालालाई म्वइस्चराइज गर्न पनि मद्दत पुर्याउँछ ।

६. सुन्तलाको बोक्रलाई घाममा सुकाएर पिसेको धुलोमा कागतीको रस मिसाएर लेप बनाउने । यसलाई फेसवासको रुपमा प्रयोग गर्ने।

७. दुई चम्चा बेसनमा आधा चम्चा बेसार मिलाउने । त्यसलाई १० थोपा गुलाबजल र कागतीको रसले लेदो बनाउने । सो लेदोमा काचो दूध घोलेर पातलो लेप बनाउने र अनुहारमा लगाउने । करीब २० मिनेटपछि अनुहार पखाल्ने । हप्तामा एकपटक यो तरिका अपनाउँदा अनुहारमा चमक आउँछ।

८. डार्कसर्कल हटाउन आँखाको वरिपरी काँचो आलुको टुक्राले हल्का मसाज गर्ने ।

९. एक चम्चा मह हातमा लिएर अनुहारमा लगाउने । ९यसमा ४र५ थोपा कागतीको रस मिलाउन सकिन्छ ।० १५ मिनेटमा अनुहार पखाल्दा चमक आउँछ ।

१०. अनुहारमा चाया पनि आएको छ भने काक्रोको रसले मसाज गर्दा चाया कम हुन्छ ।

११.आलुलाई स्लाइस पारी काट्ने । यसलाई दाग भएको ठाउँमा दली सुक्न दिने र मनतातो पानीले धुने गर्नाले दाग हराउँदै जान्छ ।

१२. आलुको पेस्ट बनाई यसमा मह मिसाएर अनुहारमा दली केही समय त्यसै छोडेर धुने गर्नाले अनुहारको दाग हराउँछ ।

१३.बदामलाई रातभरि भिजाउने र बिहान उठी यसको पेस्ट बनाई यसमा चन्दनको पाउडर मिसाएर बनाएको पेस्ट अनुहारमा दल्ने गर्नाले अनुहारका दाग बिस्तारै हराउँदै जान्छन् ।

१४. पाकेको मेवाको भित्री भागलाई अनुहारमा दलेर २० मिनेटपछि पखाल्ने गर्नाले अनुहारको दाग हराउँदै जानुका साथै अनुहार चम्किलो बन्दै जान्छ ।

१५. प्याजको रसले कटनको टुक्रा भिजाई दाग भएको ठाउँमा दल्ने र केही समयपछि धुने गर्नुपर्छ । साथै, एक चम्चा प्याजको रसमा दुई चम्चा मह मिसाई अनुहारमा दलेर २० मिनेटपछि पखाल्ने गर्नाले दाग हराउँदै जान्छ ।

१६. भुइँकटहरको जुसमा कपास डुबाई अनुहारमा दल्ने र २० मिनेटपछि पखाल्ने गर्नाले दाग हराउँदै जान्छ ।

१७. ओखरलाई कुटेर त्यसमा दही र केही थोपा बदामको तेल हाल्नुहोस् । यसलाई अनुहारमा लगाउनुहोस् । यसले छालामा चमक ल्याउँछ ।

१८. तपाईंको छाला एकदमै तैलीय छ भने अन्डा र गहुँको पिठोको प्याक लगाउनुहोस् । यसले छालाको तेललाई नियन्त्रण गर्छ ।

१९. हरेक रात सुत्नुअघि अनुहारमा जैतुनको तेल लगाउनुस् । यसले अनुहारलाई नरम बनाउँछ । यसले छालामा जमेको कालो दाग कम गर्न पनि मद्दत पुर्याउँछ ।

२०. केरा, मौसम, अन्डाको प्याकले अनुहारमा भएका दागहरू हटाउन मद्दत गर्छ ।

२१. गोलभेँडा, कागती र अन्डाको प्याक लगाउनाले डन्डीफोर, कालो धब्बा हट्नुका साथै छालामा चमक पनि आउँछ ।

२३. गोलभेँडा, कागती र महको प्याक लगाउनाले अनुहार चम्किलो हुन्छ ।

२४.घामले डढेर कालो भएको छालामा काँचो दूधले मसाज गर्दा फाइदा हुन्छ ।

२५. खैरो चिनी, कागती र नरिवलको तेल मिसाई मसाज गर्नाले सनबर्नको असर कम गर्न सकिन्छ ।

२६. एक चम्चा नुनमा आधा चम्चा खाने सोडा र एक चम्चा मह राखेर घोल्ने र त्यसले अनुहारमा मसाज गर्ने यसबाट पनि अनुहारको छालामा चमक आउँछ ।

अनुहारको चायापोतो हटाउने घरेलू उपाहरु

१. कागतीको रस: कागतिमा भिटामिन सी पाइने हुनाले यसको प्रुयोगले अनुहारको चायाँबाट मुक्ति पाउन सकिन्छ । कागतिको रसमा गहुको, पिठो ,बेसन मिसाई दिनहु अनुहारमा प्रयोग गरि एक घण्टा सम्म राख्ने त्यसपछि सफा पनि धुने, त्यस्तै गरि कागती र मह मिसाएर अनुहारमा लेपन गरिसके पछी करिब ३० मिनेट पछी सफा पानीले पखाल्नु पर्छ। नियमित प्रयोगले चायाँ आएको अनुहारमा सुधार हुन्छ ।

२. गोलभेडाको जुस: गोलभेडामा पोटासियम,भिटामिन सी र लाइकोपिन पर्यप्ता मात्रमा हुन्छ । गोलभेडाको जुस लेपन गरिसके पछी करिब २० मिनेट पछी सफा पानीले पखाल्नु पर्छ।

यसको प्रयोगले अनुहारको छालालाइ सफा गर्नुका साथै नियमित प्रयोगले चायाँ हटाउनमा मदत गर्दछ । घरेलू सामग्रीको प्रयोगले छालाको बाहिरि सतहमा भएको फोहोर हटाइ अनुहारको सुन्दरतालाई बढाउछ ।

चायाँ हटाउन सुर्यको किरणबाट बच्नु पर्दछ । घाममा निस्किदा सनस्क्रिन र लोसन लगाउनु उपयुक्त हुन्छ । त्यसैगरी पानी प्रशस्त पिउने,ताजा तरकारी,फलफुल खाने गर्नु अनुहारको छालाका लागी लाभदायक हुन्छ ।

३. चामलको पिठो,मुगको दाल ,दुध मिसाएर फेसप्याक बनाउने: यसको प्रयोगले कालो दाग,खटिरा साथै धुलो फोहोरबाट उत्पन्न हुने समस्याहरु पनि हटाउन मदत मिल्छ । यो जुनसुकै समयमा प्रयोग गर्न सकिन्छ । साथै आलु र गाजरको पनि पेस्ट बनाएर फेसप्याक बनाउन सकिन्छ ।

फेसप्याक अनुहारमा करिब ३५ मिनेट राख्नु पर्छ त्यसपछि मन तातो सफा पानीले धुनुपर्छ । यस्तो फेसप्याक नियमित प्रयोग गर्नाले अनुहार सफा र चम्किलो देखिन्छ ।

४. घिउकुमारीको रस: घिउकुमारी सबै रोगको लागि उपयोगी हुन्छ । यसको रसलाइ चाया भएको ठाउमा लगाई करिब ४५ मिनेट राख्नु पर्छ । त्यसपछि सफा पानीले धुनु पर्छ । यसको नियमित प्रयोगले अनुहार सफा र नरम बनाउन सहयोग गर्दछ ।

 

प्रतिक्रिया दिनुहोस