अझै एक.साता व्यापक बर्षा हुने : बाढी र पहिरो र डुबानको संभावना

देशभर मनसुन सक्रिय भइरहेकाले अझै एक साता देशभर व्यापक बर्षा हुने संभावना रहेको मौसम विभागले जनाएको छ । औसतभन्दा बढी वर्षा हुने सम्भावना रहेकाले बाढी, पहिरो तथा डुबानबाट बच्ने गरी सतर्कता अपनाउन विभागले अपील गरेको छ ।
‘यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना छ,’ विभागका प्रवक्ता सुमनकुमार रेग्मीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘ ।

मौसम विभागका अनुसार मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका अधिकांश स्थान, प्रदेश नम्बर १ का मध्य तथा पश्चिम पहाडी र हिमाली भेगमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ।

यसैगरी लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई र प्रदेश नम्बर २ को पश्चिमी भेगमा सरदर वर्षा हुने तथा प्रदेश नम्बर १ को तराई र प्रदेश नम्बर १ का पूर्वी जिल्लामा सरदभन्दा कम वर्षा हुने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस