दाइले चिकेन ल्यएपछी २ महिनादेखि कोमामा भएका भाईको , कसरी खुल्यो होश? हेर्नुहोस्

काठमाडौं। कोमामा भएका ब्यक्ति आफुलाई मन पर्ने खानाको स्वाद पाएर होश फर्किएको कहिल्यै सुन्नु वा देख्नु भएको छ? ताइवानको सिन्चू काउन्टीमा यस्तै अनौठो घटना घटेको छ।

सिन्चू काउन्टीमा बस्ने १८ वर्षे चियूको यसवर्षको जुलाईमा स्कुटर दुर्घटनामा परेपछि उनी कोमामा गएका थिए। सडक दुर्घटनामा उनको शरीरको भित्री अंगमा गम्भीर चोट देखिएको थियो।

तोन एन जनरल हस्पिटलको आइसीयूका निर्देशक सेय सुङ सिनका अनुसार अस्पतालमा उनका अगाडी उनका दाईले म तिमीलाई तिम्रो मनपर्ने चिकन फिलेट खुवाउँदैछु भने लगत्तै उनको होश आएको बताइएको छ।

चिकेनको कुरा गरे लगत्तै उनको पल्स बढ्न थाल्यो र बिस्तारै उनको चेतना खुल्न थालेको तोन एन जनरल हस्पिटलको आइसीयूका निर्देशक सेय सुङ सिनले उल्लेख गरेका छन्। अस्पताल भर्ना गरेको ६२ औँ दिनमा उनको होश आएको बताइन्छ।

प्रतिक्रिया दिनुहोस