खोकी लागेको छ ? घरमै यसरी तयार पार्नुस् कफ सिरप

खोकी लाग्यो भने औषधि पसलबाट कफ सिरप किनेर खाइहाल्ने चलन हुन्छ । तर कफ सिरपको नाम लिने बित्तिकै हाम्रो दिमागमा सबैभन्दा पहिले आउने कुरा हो की यो खाएपछि बढि निद्रा लाग्छ ।के यस्तो बढि निद्रा लगाउने कफ सिरप औषधि पसलबाटै खरीद गरेर खानुपर्छ भन्ने छ र ? छैन ।

तपाइँ आफैले घरमै कफ सिरप बनाउन सक्नुहुन्छ । जसको कुनै साइड इफेक्ट पनि हुँदैन र तपाइँको खोकी पनि भगाइदिन्छ ।घरमै कफ सिरप बनाउनका लागि तपाइँलाई चाहिने कुराहरु हुन् अदुवा, मह, कागती ।अदुवामा खोकी तथा चिसो भगाउने प्राकृतिक गुण नै हुन्छ । यसले यसले घाँटीभित्र हुने संक्रमणलाई पनि कम गर्छ । यसमा पर्याप्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ र एन्टी भाइरल तथा एन्टी ब्याक्टेरियल औषधिको काम गर्छ ।

अदुवामा ओलेओरेसिन नामको एक यौगिक पाइन्छ जसले खोकी तथा चिसोको समस्या हटाउनमा लाभदायक हुन्छ मह पनि औषधिय गुणले युक्त हुन्छ । यसमा एन्टीअक्सिडेन्टका साथै जिवाणु प्रतिरोधी गुण हुन्छ र संक्रमणबाट बचाउने काम गर्दछ ।त्यस्तै कागतीमा पर्याप्त मात्रामा भिटामिन सी पाइन्छ ।एन्टीअक्सिडेन्टले भरिपूर्ण कागजतीले रोग प्रतिरोधी क्षमता बढाउने काम गर्दछ ।

त्यस्तै ग्लिसरिनले प्राकृतिक पि्रजर्भेटिभ अर्थात् संरक्षकको काम गर्दछ ।कसरी बनाउने कफ सिरप ?यसका लागि तपाइँलाई अदुवा, मह, दुइवटा कागती तथा पानी आवश्यक पर्दछ ।सबैभनदा पहिले अदुवालाई सफा गरेर बोक्रा छिलेर टुक्रा टुक्रा पारेर काट्नुस् । एउटा कागती निचोरेर रस निकाल्नुहोस् । एउटा भाँडोमा एक कप पानी तताउनुहोस् ।त्यसमा टुक्रा पारेको अलिकति अदुवा तथा आधा चम्चा कागतीको रस मिसाउनुहोस् ।उक्त मिश्रणलाई पाँच मिनेटसम्म उमाल्नुहोस् ।

त्यसपछि त्यसलाई छान्नुहोस् ।छानेको उक्त घोलमा केही मह मिसाउनुहोस् । र हल्का तताउनुहोस् ।त्यसपछि त्यसमा दुइवटा कागती निचोर्नुहोस् ।उक्त मिश्रणलाई पुनः केही बेर पकाउनुहोस् र त्यसलाई उतारेर कुनै सिसा वा प्लास्टिकको भाँडोमा खन्याउनुहोस् ।त्यसपछि उक्त पदार्थलाई तपाइँ रुघाखोकी तथा चिसो लागेको बेला खान सक्नुहुन्छ । यसले तपाइँको रुघाखोकी भगाउनेछ ।

प्रतिक्रिया दिनुहोस