उरुग्वेलाई हराउँदै अर्जेन्टिना शीर्ष स्थानमा

अर्जेन्टिनाले ब्राजिलमा जारी ४७औँ संस्करणको दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिकामा पहिलो जित दर्ता गरेको छ । शनिबार बिहान अर्जेन्टिनाले उरुग्वेलाई १–० गोलले हराउँदै पहिलो जित निकालेको हो ।यसअघि अर्जेन्टिनाले चिलीसँग १–१ गोलको बराबरीमा रोकिँदै कोपा अमेरिकाको थालनी गरेको थियो । गए राति ब्राजिलस्थित नेसनल डी ब्राजिलामा अर्जेन्टिनाको जितमा गुइदो रोड्रिग्वेजले निर्णायक गोल गरे ।नले खेलको १३औँ मिनेटमा गरेको गोल नै अर्जेन्टिनाको जितमा निर्णायक बन्यो । जितसँगै समूह ‘ए’मा रहेको अर्जेन्टिना चार अङ्क जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । उरुग्वे भने पहिलो खेलमै पराजित बनेको छ । ऊ उक्त समूहको चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस