जसपा विवाद – यादव पक्षले भन्यो महन्थले किर्ते कागज आयोगमा दर्ता गराए

काठमाडौं । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीका अध्यक्ष महन्थ ठाकुरले किर्ते जालसाजी गरेर निर्वाचनमा आयोगमा फर्जी पत्र दर्ता गरेको आरोप लगाएको छ ।
यसअघि जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले शुक्रवार २०७७ पुस ७ गतेको बैठकको माइन्युट पेस गरेका थिए । उक्त माइन्युटमा कार्यकारिणी समिति हेरफेर, प्रमाणिकरण र पार्टीको आधिकारिक पत्राचारको अधिकार आफूलाई दिएको जस्ता निर्णय राखिएको छ ।
यसै बिषयमा जसपा यादव पक्षले प्रेस विज्ञप्ती जारी गर्दै माइन्युटमा राखिएका निर्णयहरु झुठो भएको र ठाकुर पक्षले किर्ते गरी झुठा विवरण आयोगमा दर्ता गरेको आरोप लगाएको छ ।

विज्ञप्तिमा भनिएको छ- निर्वाचन आयोग,पार्टी पंक्ति र आमजनतालाई गुमराह गर्ने उद्देश्यले यस्ता नक्कली बैठक पुस्तिका तयार गरी गरिएको कार्य अनैतिक,गैरकानूनी तथा दण्डनीय कार्य हो ।
जसपाको विवाद अहिले निर्वाचन आयोगमा छ ।

प्रतिक्रिया दिनुहोस