मौद्रिक नीति साउन पहिलो सातामा,प्राथमिकतामा छन् यी बिषयहरु

मौद्रिक नीति साउन पहिलो सातामा,प्राथमिकतामा छन् यी बिषयहरु

काठमाडौं । आर्थिक बर्ष २०७८-७९ को मौद्रिक नीति राष्ट्रबैंकले यहि साउन पहिलो हप्ता ल्याउने भएको छ ।

यसपटकको मौद्रिक नीतिमा कोरोनाले धरासायी बनाएको अर्थतन्त्र उकास्ने जस्ता विषय प्राथमिकतामा रहने छन् । मौद्रिक नीतिका ल्याउनु अघि राष्ट्र बैंकले सरोकार वाला निकाय सँग पनि ईमेल मार्फत राय सुझाव मागेको छ ।

यसपटक २०७८-७९को बजेटमा चासोको विषय बनेको सर्टिफिकेट धितो राखी २५ लाख सम्म ऋण दिने विषय पनि सम्भव भएसम्म मौद्रिक नीतिले कार्यनव्यन गर्ने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै सहुलियत पूर्ण कर्जा, प्रभावितहरुको अवस्था मध्यनजर गर्दै बैङ्कको किस्ता तिर्ने समयावधि थप लगायतमा विषय मौद्रिक नीतिका लागि छलफल गरिरहेको केन्द्रिय बैङ्कले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस