एमाले नेता खनालको स्वास्थ सुधारउन्मोख, हटाईयो अक्सिजन सपोर्ट

काठमाडौं । एमालेका बरिष्ठ नेता झलनाथ खनाललाई अक्सिजनको सपोर्टबाट निकालीएको छ । उनको स्वास्थमा क्रमिक सुधार देखिएपछि भारतको एपोलो अस्पतालमा उपचार गराईरहेका नेता खनाललाई अक्सिजन सपोर्टबाट बाहिर निकालीएको हो ।

नेता खनालका स्वकिय सचिव कृष्ण भट्टराईका अनुसार उनमा देखीएको खोकी लाग्ने ज्वरो आउने तथा टाउको दुख्ने समस्या हटिसकेको छ ।आफूले पूर्वप्रधानमन्त्री खनालसंग प्रत्यक्ष भिडियो कुराकानी गरेको भन्दै उनले स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।

क्रमिक सुधार देखिएपनि नेता खनाललाई अझ केहि दिन अस्पतालमै राखिने र पूर्ण रुपमा ठीक भएपछि मात्र डिस्चार्ज गरिने भट्टराईले जानकारी दिए ।

यो पनि पढ्नु होस :उपत्यकामा नीजि सवारी साधन चलाउन दिने तयारी
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो समय लगाएको निषेधाज्ञा भोलि अर्थात असार ७ गते सकिँदै छ।अब थपिने निषेधाज्ञा झन् खुकुलो बनाउने तयारी गरिएको छ। उपत्यकाका ३ वटै जिल्लाका सिडिओहरु अब के-के खुला गर्न दिने भन्नेबारे छलफलमा जुटेका छन्।

आज साँझ ५ बजे बस्ने सिडिओको बैठकले यसबारे निर्णय गर्ने छ। अधिकारीहरुका अनुसार उपत्यकामा अब नीजि सवारी साधनलाई चलाउन दिनेबारे छलफल भएको छ। तर, जोर-विजोर गर्ने वा कसरी खुलाउने भन्नेबारे कुनै निर्णय भइसकेको छैन।यस्तै, खाद्यान्न पसलहरु पनि दिउसोसम्म खोल्न दिनेबारे छलफल भएको छ। अन्य व्यवसायलाई पनि बारअनुसार सञ्चालन गर्न दिने तयारी छ।

प्रतिक्रिया दिनुहोस