सात दिन थपियो निषेधाज्ञा , यस्तो छ नयाँ मोडालिटी

काठमाडौं । काठमाडौं उपत्यकाका तीन प्रमुख जिल।ला अधिकारी हरुको बैठकले काठमाडौंमा थप १ साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । आज बसेको बैठकले निषेधाज्ञाको मोडालिटी पनि तयार गरेको छ ।

जसमा आइतबार, मंगलबार र बिहिबार सुन पसल, भाँडा भान्सा, विद्युतिय सामग्री, अटोमोबाइल शो रुम, मोटस पार्टस र इलेक्टोनिक्स सामग्री र कम्युटर पसल खोल्न पाइने भएको छ ।

सोमबार र बुधवार र शुक्रवार डिपार्टमेन्टल स्टोर, सपिङ मल खेलकुद सामग्री, कस्मेटिक साडी, गिफ्ट आइटम र कपडा पसल खोल्न दिने निर्णय बैठकले गरेको छ ।
बारअनुसार खुल्ने पसल बिहान ११ बजेबाट ४ बजेसम्म मात्र खोल्न पाइने छ ।

किराना, खाद्यान्न र स्टेशनरी पसलको हकमा पुरानै मोडालिटीलाई निरन्तरता दिएको छ काठमाडौं उपत्यकामा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस