आज निर्जला एकादशी,तुलसीको दल राख्ने दिन

आज ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी वैदिक सनातन धर्मावलम्बीले आज आआफ्ना घरको मठमा तुलसीको दल राख्दै छन्।आज निर्जला एकादशीमा रोपिएको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ। यसलाई तुलसी बिबाह पनि भन्ने गरिन्छ जहाँ तुलसीलाई पालनपोषण गरेर दामोदर सँग बिबाह गरेको भन्ने गरिन्छ । यो अवधीको चार महिनालाई चतुर्मास भन्ने गरिन्छ ।

आज नुहाई धुवाई गरेर दान गरेमा मोक्ष प्राप्त हुने धार्मिक जनविश्वाश चलिआए छ । आज निर्जल अर्थात् पानी सम्म नखाई व्रत बस्ने चलन छ । आयुर्वेदिक रुपमा पनि लाभकारी औषधि तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ।

तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ। आयुर्वेदका अनुसार कोभिड संक्रमण कालमा पनि तुलसी सेवन गर्नाले वा घरमा बिरुवा रोप्नाले स्वस्थ रहने र कोभिड सँग लड्न सकिने विश्वास छ ।

प्रतिक्रिया दिनुहोस