महाधिवेशनलाई देउवाको दौडधुप,आज लुम्बिनी कर्णाली र सुदूरपश्चिमका पदाधिकारी सँग बैठक

काठमाडौं । आगामी भदौ १६ देखि १९ सम्म हुन लागेको कांग्रेस महाधिवेशनमा पुंन उमेरद्वारी दिन लागेका नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाले महाधिवेशनका लागि सक्रियता बढाईरहेका छन् । यहि शिलशिलामा देउवाले पार्टी सभापतिमा आफ्नो सम्भावित उम्मेदवारीबारे आज पनि आन्तरिक छलफल गर्दैछन् । देउवाले आज लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केन्द्रीय पदाधिकारी एवं सदस्यहरुसँग छलफल गर्न लागेका छन् ।

यसअघि सभापती देउवा आफुलाई महाधिवेशनमा सघाउन अनुरोध गर्दै केन्द्रिय समिती हरुसँग बैठक बसेका थिए । त्यस्तै यसअघि शनिबार प्रदेश १ र २ तथा आइतबार बागमती र गण्डकी प्रदेशका नेताहरुसँग देउवाले छलफल गरेका थिए । आज बस्ने बैठकका लागि लुम्बिनी कर्णाली र सुदूरपश्चिमका प्रदेशका कांग्रेस पदाधीकारी बुढानिलकण्ठ पुगेका छन् ।

पार्टीलाई अझै एक कार्यकाल नेतृत्व दिन र सबैभन्दा ठूलो पार्टीका रुपमा स्थापित गराउन आफूले चाहेको देउवाले बताउने गरेका छन् ।
कांग्रेसमा सभापती उमेरद्वारीकालागि नेता विमलेन्द्र निधिले पनि दावी गर्ने देखिएपछी सभापती देउवा दौडधुपमा लागेका हुन् । यस्तै कांग्रेसका पूर्व उपसभापती गोपालमान श्रेष्ठले पनि देउवाको बिकल्प चाहिने भनिरहदा देउवा सामु चुनौती बढेको छ ।

प्रतिक्रिया दिनुहोस