आज बर्षकै अनौठो दिन र अनौठो रात, कारण यस्तो

२१ जून अर्थात् आज यो वर्षको सबैभन्दा लामो दिन हो यसको अर्थ घण्टाको हिसाबले सबैभन्दा लामो घण्टाको दिन आज हुनेछ । तपाईं यो पनि भन्न सक्नुहुन्छ कि रात सबैभन्दा छोटो हुनेछ । २१ जूनलाई उत्तरी गोलाद्र्धको देशमा गर्मीको सुरुवात पनि भनिन्छ । वर्षको सबैभन्दा छोटो दिन २१ डिसेम्बरमा सूर्यको प्रकाश सीधै साढे २३ डिग्री दक्षिणी अक्षांश रेखा अर्थात् मकर रेखामा पर्न जान्छ । त्यसैले उत्तरी गोलार्धमा दिन छोटो हुन्छ भने रात लामो हुन्छ । त्यस दिन दक्षिणी गोलार्धमा भने दिन सबैभन्दा लामो र रात सबैभन्दा छोटो हुन्छ ।

यद्यपि, यतिबेला दक्षिण गोलाद्र्धका देशमा ठिक विपरित हुन्छ, यहाँ यसलाई चिसो मौसमको सुरुवातको रुपमा हेरिन्छ । अर्थात् जतिबेला उत्तरी गोलाद्र्धका देश समर सोल्स्टिस मनाइरहेका हुन्छन् त्यतिबेला अष्ट्रेलिया, इन्डोनेसिया, दक्षिण अफ्रिका र ब्राजिलजस्ता दक्षिण गोलार्द्धका देशमा विन्टर सोल्स्टिस मनाइनेछ ।

२१ जून पछि नै दिन छोटो हुन थाल्छन् र रात लामो हुन थाल्छ । २१ सेप्टेम्बरमा रात र दिनको अवधि लगभग बराबर हुनेछ र २१ डिसेम्बरमा वर्षको सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात हुनेछ ।

उत्तरी गोलार्द्धका देशमा यसलाई विन्टर सोल्स्टिस भनिन्छ तर दक्षिण गोलार्द्धका देशमा यो समर सोल्स्टिस हुनेछ ।सोल्स्टिस ल्याटिन शब्दबाट बनेको हो । ल्याटिन शब्द सोलको मूल अर्थ सूर्य हो । यस्तै सेस्टेयरको अर्थ स्थिर रहनु हो । अर्थात् दुबै शब्दलाई मिलाएर हेर्ने हो भने सोल्स्टिसको अर्थ अन्य साधारण दिनभन्दा सूर्यलाई जब धेरै बेरसम्म देखिन्छ भने त्यसलाई समर सोल्स्टिस भनिन्छ ।

हामीलाई थाहा छ कि पृथ्वी आफ्नो कक्षमा सूर्यको चक्कर लगाउँछ र कक्षमा पृथ्वीको स्थितिका अनुसार दिन र रात निर्धारण हुन्छ । अर्थात्, २१ जूनमा सूर्यको चक्कर लगाउँदै पृथ्वी यस्तो स्थितिमा हुनेछ जहाँ धेरै बेरसम्म सूर्यको किरण पृथ्वीमा पर्नेछ ।

सोल्स्टिस ल्याटिन शब्दबाट बनेको हो । ल्याटिन शब्द सोलको मूल अर्थ सूर्य हो । यस्तै सेस्टेयरको अर्थ स्थिर रहनु हो । अर्थात् दुबै शब्दलाई मिलाएर हेर्ने हो भने सोल्स्टिसको अर्थ अन्य साधारण दिनभन्दा सूर्यलाई जब धेरै बेरसम्म देखिन्छ भने त्यसलाई समर सोल्स्टिस भनिन्छ ।

हामीलाई थाहा छ कि पृथ्वी आफ्नो कक्षमा सूर्यको चक्कर लगाउँछ र कक्षमा पृथ्वीको स्थितिका अनुसार दिन र रात निर्धारण हुन्छ । अर्थात्, २१ जूनमा सूर्यको चक्कर लगाउँदै पृथ्वी यस्तो स्थितिमा हुनेछ जहाँ धेरै बेरसम्म सूर्यको किरण पृथ्वीमा पर्नेछ ।

वास्तवमा पृथ्वी सूर्यको चारैतिर भर्टिकल भएर चक्कर लगाउँदैन । खासमा यो आफ्नो अक्षांशमा साढे २३ डिग्री झुकेको छ र यसै अवस्थामा सूर्यलाई चक्कर लगाउँछ । चक्कर लगाउने बेला पृथ्वीको उत्तरी र दक्षिण गोलाद्र्ध यसको अगाडि आउँछ । जूनको महिनामा उत्तरी गोलाद्र्ध सूर्यको अघिल्तिर हुन्छ ।

साधारणतया हरेक वर्ष २० जून देखि २२ जूनको बीचमा एउटा यस्तो दिन हुन्छ जुन समयावधिको हिसाबले सबैभन्दा लामो दिन हुन्छ । यस वर्ष यो दिन २१ जून अर्थात् आज परेको छ । उत्तरी गोलाद्र्धमा प्रत्येक देशका लागि यो समय भिन्न भिन्न हुनेछ । संसारका थुप्रै देशमा यो दिनको लम्बाई १२ घण्टाभन्दा बढी हुनेछ ।

डिसेम्बरको २१ को दिन वर्षकै सबैभन्दा छोटो हुन्छ भने २१ जुनको दिन सबैभन्दा लामो । त्यसबाहेक मार्च २१ र सेप्टेम्बर २३ का दिन र रात बराबर हुन्छ । आखिर वर्षको सबैभन्दा छोटो र सबैभन्दा लामो दिन कसरी हुन्छ त ? यसको जवाफ हो, सौर्यमण्डलमा पृथ्वीको अवस्था ।

पृथ्वी गोलो भएपनि ध्रुवीय क्षेत्र चेप्टो परेको छ । पृथ्वीको अक्षीय झुकाव करिब साढे २३ डिग्री छ । यरकारण पृथ्वी सूर्यको वरिपरी घुम्दै गर्दा सूर्यको प्रकाश सधैँ सीधै भूमध्य रेखामा मात्र पर्दैन । यदि सूर्यको प्रकाश सधैँ भूमध्य रेखामा मात्रै पर्ने हो भने पृथ्वीमा हरेक दिन र रात बराबर हुने थियो ।

प्रतिक्रिया दिनुहोस