कडकनाथ कुखुराको माशु खानुका फाइदा नै फाइदा हेर्नुस

कडकनाथ कुखुरालाइ स्थानीय भाषामा कालामासी , कालामास पनि भनिन्छ । किनभने यसको मासु ,छाला ,शरीरको रौ सबैकालो हुन्छ ।भारत मध्य प्रदेश मा उत्पति मानिएको यो कालो कुखुरा , भारत को आदिबासी समुदाय मा लोकप्रिय छ । आदिवासी समुदायले यो प्रजाती को कुखुरालाई विभिन्न चाड्पर्ब ,देबिदेउता लाई बलि चढाउन उपभोग गरिने भएकाले कालान्तरमा अत्यधिक कुखुरा मारिए र उत्पादनमा कमि आयो जस्का कारण जङ्गलमा भएका पनि मासिए । त्यसकारण कडकनाथ कुखुरालाई लोपोन्मुख पनि मानिन्छ ।

बि एम सी अन्तर्गत प्रमुख ३ जात छन् जसमा : 1. कडक नाथ, 2.सिल्की, 3.आय्यम सेमानी, त्यसमा पनि कडकनाथ प्रजातिको कुखुरा पालान र यसको ब्यवसायले नेपाल मा राम्रो सम्भावना बोकेको छ । कडकनाथ कुखुराको मुख्य विशेषता भनेको स्थानीय बातावरण मा सहजै बढ्ने , रोग प्रति रोधात्मक क्षेमता भएको , केहि गर्मी र मध्यम खालको तापक्रम भएको क्षेत्रमा घुलमिल हुन सक्ने र त्यस्तो वातावरणमा राम्रो सँग हुर्किन सक्छ ।त्यसैले नेपाल को तराइ र पहडी भेगमा यो प्रजातिको कुखुरा को राम्रो सम्भावना देखिएको छ । पोषण तत्व:- १ )प्रोटिन को मात्रा २५% भन्दा बढी हुन्छ साधारन्तय चराहरुमा १८ देखि २० % सम्म मात्र प्रोटिन हुन्छ ।,२) cholesterol को मात्रा 0.७३ – १ .०५ % जबकि सेतो कुखुरा मा १३ – २५ % cholesterol हुन्छ । ३)अमीनो एसिडको मात्रा उच्च हुन्छ ।

४) भिटामिन B1,B2,B6, B12, C र E, niacin , protein, fat, calcium, phosphorus, iron, nicotinic acids आदि रहेको हुन्छ । कडकनाथ प्रयोग गर्दा हाम्रो शरीरलाई हुने फाइदाहरु:- १ ) महिलाहरु मा देखिने बाजोपन को उपचार , मष्तिस्क सम्बन्धित रोग , मुटु सम्बन्धित रोग हुने हरुको लागि यो जातको कुखुरा को मासु राम्रो हुन्छ । २) दिर्घकालीन रोग हरु जस्तै arthritis, asthma, cancer, COPD, diabetes र भाइरल रोग हरु जस्तै hepatitis C र HIV/AIDS का लागि यो कुखुराको मासु फाइदा जनक छ । ३) Blood Pressure को समस्या हुने हरुका लागि पनि यस्को मासु औषधी को रुपम प्रयोग हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस